ताप्लेजुङको माध्यमिक विद्यालयमा आईसीटी ल्याब सञ्चालन

Technology Khabar ५ बैशाख २०७८, आईतवार

ताप्लेजुङको माध्यमिक विद्यालयमा आईसीटी ल्याब सञ्चालन
सांकेतिक
Classic Tech

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ अम्बिटारस्थित भानुजन माध्यमिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आईसीटी ल्याब) सञ्चालनमा आएको छ ।

सूचना प्रविधिको विकासको पहुँच विद्यालय स्तरसम्म पुर्‍याउने उद्देश्यसहित ल्याबको सुरुवात गरिएको हो ।

हुमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) नामक संस्थाको सहयोगमा भानुजन माध्यमिक विद्यालयमा ल्याब सुरु गरिएको प्रधानाध्यापक किशोरकुमार राईले बताए । ल्याब सञ्चालनका लागि २६ वटा कम्प्युटरसहित अन्य प्रविधि जडान गरिएको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एचपीएफमार्फत डेनमार्क नागरिक पार्लिनको अगुवाइमा सहयोग प्राप्त भइ ल्याबको स्थापना गरिएको र पार्लिनकै उपस्थितिमा शुभारम्भ गरिएको प्रधानाध्यापक राईले बताए ।

ल्याब सञ्चालनका लागि २६ थान कम्प्युटर, ब्याट्री, इन्भर्टर, इन्टरनेटलगायतका उपकरण तथा सामग्री जडान गरिएको विद्यालयले जनाएको छ । गोरखापत्रबाट

TK Viber

प्रकाशित: ५ बैशाख २०७८, आईतवार

Loading...