भिभोको भी२१ र भी२१ई अप्रिल २७ मा सार्वजनिक हुने

Technology Khabar ५ बैशाख २०७८, आईतवार

भिभोको भी२१ र भी२१ई अप्रिल २७ मा सार्वजनिक हुने

काठमाडौं ।

भिभोको भी२१ ले सार्वजनिक हुनुअगाडि यसै महिनाको शुरुतिर इन्डोनेसियामा अनुमोदन पाएको थियो। त्यसलगत्तै भिभोको मलेसिया शाखाले फोनका केही विवरणहरु बाहिर ल्याएको थियो।

यसैका हिसाबले ती स्मार्टफोनहरु छिट्टै नै सार्वजनिक हुनसक्ने आकलन गरिएको थियो।

यो कुराको आधिकारिक घोषणा शनिबार कम्पनीको मलेशिया शाखाले ट्विटरमार्फत् गरेको छ।

उक्त घोषणा अनुसार भी२१ र भी२१ई दुवै मोडल आगामी अप्रिल २७ मा सार्वनजिक गरिनेछन्।

भी२१ स्मार्टफोन मात्र नभइ डिभाइसहरुको सिरिजको एउटा शुरुवाती सदस्य भएको आकलन गरिएकोमा भी२१ई समेत सार्वजनिक हुँने कुराले उक्त तथ्यलाई प्रमाणित गरेको छ।

अझै पक्कापक्की नभइसकेको एउटा रिपोर्टअनुसार भी२१ भारतमा पनि केही समयमा सार्वजनिक हुनेछ। तर नेपालमा आउने वा नआउने तय भइसकेको छैन।

यसले भर्चुअल र्याम सपोर्ट गर्ने भएकाले ३ जीबी र्याम थप गर्न सकिनेछ। यसको सेल्फी क्यामरामा आइ अटोफोकस रहेको र यसको शुरुवाती मूल्य ३३५ डलर हाराहरी पर्ने जनाइएको छ।

Global Bank
easy care

प्रकाशित: ५ बैशाख २०७८, आईतवार

ताजा समाचार