चन्द्र सतहमा अन्तरिक्ष यात्रीहरू पुर्याउन एलन मस्कको स्पेसएक्सलाई ठेक्का

Technology Khabar ५ बैशाख २०७८, आईतवार

चन्द्र सतहमा अन्तरिक्ष यात्रीहरू पुर्याउन एलन मस्कको स्पेसएक्सलाई ठेक्का

काठमाडौं ।

नासाले अर्बपति उद्यमी एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सलाई २०२४ सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्रीहरू पुर्याउनको लागि २.९ अर्ब अमेरिकी डलरको सम्झौता प्रदान गरेको छ। सो प्रतिस्पर्धामा जेफ बेजोसको कम्पनी ब्लूओरिजिन तथा रक्षा कन्ट्र्याक्टर डाइनेटिक्स इंक समावेश थिए ।

फोर्ब्सका अनुसार विश्वको पहिलो र तेस्रो धनी व्यक्ति क्रमशः बेजोस र मस्क विशेषगरि सन् १९७२ पछि पहिलो पटक चन्द्रमामा मानवजाति फर्कने नेतृत्व गर्न प्रतिस्पर्धा गरिरहेका थिए।

रोयटर्सकाअनुसार मस्कको स्पेसएक्स कम्पनी एक्लो बोली लगाउने कम्पनी थियो जबकि अमेजन डट कमका संस्थापक बेजोसको ब्लू ओरिजिनले लकहीड मार्टिन कर्प, नर्थ्रोप ग्रुम्मन कर्प र ड्रापरको साथ साझेदारीमा सहभागी थियो। अर्को कम्पनी डायनेटिक्स लीडोस होल्डिङ्ग इंकको एक इकाई हो ।

सो घोषणा पछि मस्कले ट्विटरमा लेखे, ‘नासा रुल्स !!’ ।

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले यसको आर्टेमिस कार्यक्रमको एक हिस्साको रुपमा पहिलो कमर्शियल ह्युमन ल्यान्डरको लागि अनुबंध प्रदान गरेको हो । नासाकाअनुसार ल्यान्डरले दुई अमेरिकी अन्तरिक्ष यात्रीलाई चन्द्र सतहमा लैजानेछ।

‘हामीले अर्को अवतरण जति सक्दो चाँडो पूरा गर्नुपर्नेछ,’ नासाका कार्यवाहक प्रशासक स्टीव जुर्जेकले भिडियो कन्फरेन्समार्फत घोषणाको बेला भने।

easy care

प्रकाशित: ५ बैशाख २०७८, आईतवार

ताजा समाचार