पब्जी मोबाइल च्याम्पियनसीपलाई टिभिएसले प्रायोजन गर्ने

Technology Khabar ४ बैशाख २०७८, शनिबार

पब्जी मोबाइल च्याम्पियनसीपलाई टिभिएसले प्रायोजन गर्ने
Classic Tech

टिभिएस मोटर कम्पनीले ‘पब्जी मोबाइल च्याम्पियनसीप २०२१’ को लागि प्रायोजन गर्ने भएको छ।

जगदम्बा मोटर्स र गुड गेमिङ कम्पनीबीचको सहकार्यमा हुने लागेको टुर्नामेन्टमा सहभागी हुन यहि वैशाख ५ गतेदेखि रजिस्ट्रेसन सुरू हुने कम्पनीले बताएको छ।

सो प्रतियोगिताका तीन भाग्यशाली विजेताले टिभिएस एन्टर्क १२५ सुपर स्क्वाड एडिसन स्कुटर जित्ने मौका पाउनेछन्।

यो कार्यक्रम टिभिएस मोटर कम्पनीको ब्लुटूथजडित स्कुटर टिभिएस एन्टर्क १२५ सुपरको ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले युवाहरूलाई प्रेरित गर्नको लागि यस्ता प्लेटफर्मलाई प्रोत्साहन गर्नुपर्ने बताए।

‘जगदम्बा मोटर्समा हाम्रो लक्ष्य भनेको नेपालका युवाहरूलाई सधैं प्रेरित गर्ने र हाम्रा प्लेटफर्महरूलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएको छ,’ उनले भने ।

६०० भन्दा बढी टिम, २५ स्ट्रिमिङ्घ च्यानलहरू र १६ स्ट्रिमरहरूको सहभागिता ‘पब्जी मोबाइल च्याम्पियनसीप २०२१’ ले हुने अपेक्षा गरिएको छ जसमा लोकप्रिय एनटिटी जस्तै फोरके गेमिङ, एसके ४९ लगायत समावेश छन्।

च्याम्पियनसीप ४५ दिनसम्म चल्ने बताईएको छ।

TK Viber

प्रकाशित: ४ बैशाख २०७८, शनिबार

Loading...