फेसबुक ओभरसाइट बोर्डद्धारा ट्रम्पको सम्भावित फिर्तीको बारेमा निर्णयमा ढिलाई

Technology Khabar ४ बैशाख २०७८, शनिबार

फेसबुक ओभरसाइट बोर्डद्धारा ट्रम्पको सम्भावित फिर्तीको बारेमा निर्णयमा ढिलाई

काठमाडौं ।

फेसबुकको ओभरसाइट बोर्डले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राममा फिर्ता हुने संभावना सम्बन्धी आफ्नो निर्णयमा ढिलाइ गरेको छ ।

ट्रम्पलाई जनवरीमा क्यापिटल हिलमा भएको दंगा पछि फेसबुकबाट प्रतिबन्ध लगाइएको थियो।

बोर्डले ९ हजार भन्दा बढी सार्वजनिक प्रतिक्रियाहरू पुनरावलोकन गर्न लिने समयका कारण सो ढिलाइले भएको बताएको छ।

सो निर्णय मूलतः २१ अप्रिलबाट भयो। ट्विटरमा एक विज्ञप्तिमा बोर्डले सो निर्णय ‘आउँदो हप्तामा’ गर्ने बताएको छ।

गत बर्ष केसहरू लिन थालेदेखि ओभरसाइट बोर्डले गर्ने सो निर्णय सबैभन्दा ठूलो फैसला हुनेछ।

बोर्ड फेसबुकद्वारा लिइएको गाह्रो वा विवादास्पद मोडरेसन निर्णयहरूमा नियमन गर्न गठन गरेको थियो।

फेसबुकका मालिक मार्क जुकरबर्गद्वारा स्थापित २० सदस्यीय समितिलाई प्रायः ‘फेसबुकको सर्वोच्च अदालत’ भनेर चिनिन्छ। यो एक स्वतन्त्र संस्थाको रूपमा संचालन गर्दछ, यद्यपि यसको ज्याला र अन्य लागतहरु टेक कम्पनीले कभर गरेको छ।

यो समिति पत्रकार, मानवअधिकारकर्मी, वकिल र शिक्षाविद्हरू मिलेर बनेको छ।

सो समितिले यसअघि नै ९ वटा विवादहरुमा निर्णय सुनाईसकेको छ । एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: ४ बैशाख २०७८, शनिबार

ताजा समाचार