सोशल मिडिया प्लेटफर्म ट्विटरमा विश्वभर समस्या, प्रयोगकर्ताहरु गुनासो गर्दै

Technology Khabar ४ बैशाख २०७८, शनिबार

सोशल मिडिया प्लेटफर्म ट्विटरमा विश्वभर समस्या, प्रयोगकर्ताहरु गुनासो गर्दै

काठमाडौं ।

विश्वभर सोशल मिडिया प्लेटफर्म ट्विटरमा समस्या देखिएको छ । प्रयोगकर्ताहरुले विश्वभरबाट ट्विटरको सेवामा समस्या भएको गुनासो गरिरहेका छन् ।

सेवा अवरुद्ध भएको बारेमा जानकारी दिने वेबसाइट डाउनडिटेक्टरकाअनुसार विश्वभर अधिकांशले ट्विटरको वेबसाइटमा समस्या आएको बताएका छन् ।

करिब ४६ प्रतिशत प्रयोगकर्ताहरुले सो समस्या भोगिरहेका छन् । त्यसैगरि ३४ प्रतिशतले आईफोन तथा आईप्याडमा समस्या भोगेको गुनासो गरेका छन भने करिब १८ प्रतिशतले लगइन गर्न नै समस्या भएको उल्लेख गरेका छन् ।

अहिलेसम्म के कारणले सो समस्या देखिएको जानकारी आएको छैन भने सो समस्या समाधान भएको छैन् ।

easy care

प्रकाशित: ४ बैशाख २०७८, शनिबार