चलाउँदै गर्दा ल्यापटप ह्याङ्ग वा फ्रिज भयो ? त्यसोभए यसरी ल्यापटप पुन सुचारु गर्नुहोस्

Technology Khabar ४ बैशाख २०७८, शनिबार

चलाउँदै गर्दा ल्यापटप ह्याङ्ग वा फ्रिज भयो ? त्यसोभए यसरी ल्यापटप पुन सुचारु गर्नुहोस्
Classic Tech

अहिले कोरोनाभाइरस महामारीको समयमा अधिकांश मानिसहरु घरमा नै बसेर काम गरिरहेका छन् । जसले गर्दा हामी सबै आफ्नो डिभाइसहरुमा अत्यधिक भर पर्नु परिरहेको छ । त्यस मध्ये एकदमै बढि प्रयोगमा ल्यापटप हुने गर्दछ ।

यसले गर्दा बेला बेलामा ल्यापटप फ्रिज हुने समस्या पनि आउँछ । निकै महत्वपूर्ण काम गर्नुपर्ने बेलामा ल्यापटप फ्रिज हुँदा निकै तनाब हुने गर्दछ ।

त्यसैले आज हामी तपाईलाई ल्यापटप फ्रिज हुनबाट बचाउनका लागि केही उपायहरुको बारेमा जानकारी दिदैछौं ।

केही समय छोडिदिने

कहिलेकाँही डिभाइस ह्याङ्ग हुनु सामान्य हो र यसमा धेरै आत्तिनु पर्दैन। ल्यापटपले धेरै लोड लिँदा परेर यस्तो भएको हुन सक्छ । केहि समय ल्यापटपलाई यत्तिकै छोडिदियो भने फेरि ल्यापटप राम्ररी चल्न सक्दछ । कहिलेकाहीँ माउस डिस्कनेक्ट या चार्ज सकिँदा पनि स्क्रीन फ्रिज भएको जस्तो लाग्न सक्दछ ।

ह्याङ्ग गराउने प्रोग्रामहरुलाई बन्द गर्ने

विन्डोज त्यसपछि पनि चलेन भने टास्क म्यानेजर विकल्पमा गएर रनिङ प्रोग्रामहरुलाई बन्द गर्नुपर्छ । टास्क म्यानेजर खोल्नका लागी भने कन्ट्रोल प्लस अल्ट प्लस डिलिट थिच्नुपर्छ । चलिरहेको प्रोग्रामलाई सेलेक्ट गरेर इण्ड टास्क बटनमा थिच्नुपर्छ । कहिलेकाँही हार्डवयेरलाई नै अपग्रेड गर्नुपर्ने पनि हुन सक्छ ।

रिबुट गरेर फेरि प्रयास गर्ने

कन्ट्रोल प्लस अल्ट प्लस डिलिटले पनि काम गरेन भने पावर बटनलाई धेरै बेरसम्म थिचेर कम्प्यूटरलाई जबर्दस्ती अर्थात फोर्स अफ गर्नुपर्दछ । अफ भएपछि फेरी केहिबेरसम्म पावर बटनलाई थिचेर अन गर्नुपर्छ । यस्तो गरेपछि धेरैजसो ल्यापटपहरु अन हुने गर्दछ ।

कुनै नयाँ ड्राइभरलाई रिइन्स्टल गर्ने

तपाईले कुनै नयाँ हार्डवेयर इन्स्टल गरेमा त्यसको ड्राइभरलाई भने अनइन्स्टल गर्ने प्रयत्न गर्नुपर्दछ । डीडीयू भन्ने एपले धेरैजसो समय ड्राइभरले केही समस्या खडा गरेको छ भने ठिक गरिदिन्छ ।

मालवयेर स्क्यान गर्ने

ल्यापटपमा समस्या आएको बेलामा मालवेयर स्क्यान गर्नु पनि राम्रो कुरा हुनेछ । यसको लागी मालवेयरबाइट जस्ता फ्रि स्क्यानर सफ्टवेयर पनि प्रयोग गर्न सकिन्छ । मालवयेर भएको पाइएमा त्यसलाई सकेसम्म हटाउने प्रयास गर्नुपर्छ ।

रिपेयर पलसमा देखाउने

हार्डवेयरको समस्याले गर्दा आफैँ ठिक नहुन सक्छ । त्यही कारणले विज्ञको सहयोग लिनुपर्ने पनि हुन सक्दछ । यसको लागि तपाईँले ल्यापटपलाई राम्रो रिपेयर गर्ने पसलमा लगेर देखाउनुपर्ने पनि हुन सक्छ।

TK Viber

प्रकाशित: ४ बैशाख २०७८, शनिबार

Loading...