फेसबुकमा भिडियो अटोप्ले कसरी बन्द गर्ने? जान्नुहोस् सजिलो तरिका

Technology Khabar ४ बैशाख २०७८, शनिबार

फेसबुकमा भिडियो अटोप्ले कसरी बन्द गर्ने? जान्नुहोस् सजिलो तरिका
Classic Tech

कहिलेकाहीँ हामी फेसबुक, ट्विटर आदि चलाउँदै गर्दा वा कुने वेबपेज खोल्दा कुनै भिडियो आफैं प्ले भएर दिक्क बनाउँछ।

ती भिडियोहरु पेज हुँनासाथै प्ले हुन थाल्छन्। आफैंले खोजेका विषयसँग सम्बन्धित भिडियो प्ले भएमा त त्यति अप्ठेरो हुँदैन तर कहिलेकाहीँ अश्लील र अनावश्यक विषयका भिडियो प्ले भए भने त्यसले मानिसको व्यक्तित्व र चरित्रमाथि नै पनि प्रश्न उठ्न सक्छ।

यसरी अटोप्ले हुने भिडियोहरु हानिकारक, हिंसातर्फ उन्मुख गराउने र सामान्यतया हेर्न नमिल्ने खालका हुन्छन्।

यस्ता भिडियोले हैरान बनाएको छ भने यिनीहरुलाई रोक्न तलका टिप्स उपयोगी हुन सक्छन्:

ब्राउजरमा

  • पेजको दायाँतिर माथिपट्टि रहेको ड्रप डाउन मेनुमा जानुहोस्
  • सेटिङ्स एन्ड प्राइभेसीमा गएर सेटिङ्स छान्नुहोस्
  • बायाँपट्टि मेनुमा भिडियोको लिस्ट हेर्नुहोस्। त्यसभित्र गएर अटोप्ले बन्दा गर्नुहोस्।

आईओएसमा

  • स्क्रीनको तलपट्टि रहेको मेनु बटन थिच्नुहोस्
  • त्यहाँ सेटिङ्स एन्ड प्राइभेसीमा सेटिङ्स  छान्नुहोस्
  • मिडिया एन्ड कन्ट्याक्टस नभेटिउन्जेल स्क्रोल गरिरहनुहोस्
  • त्यसपछि भिडियोज एन्ड फोटोजमा क्लिक गर्नुहोस्
  • त्यहाँ रहेको अटोप्लेमा गएर अफ गर्नुहोस्

एन्ड्रोइडमा

  • स्क्रीनको माथि दायाँपट्टि रहेको मेनु बटन थिच्नुहोस्
  • त्यहाँ सेटिङ्स एन्ड प्राइभेसीमा सेटिङ्स  छान्नुहोस्
  • मिडिया एन्ड कन्ट्याक्टस नभेटिउन्जेल स्क्रोल गरिरहनुहोस्
  • त्यहाँ रहेको अटोप्लेमा गएर नेभर अटोप्ले भिडियोजमा क्लिक गर्नुहोस्।
TK Viber

प्रकाशित: ४ बैशाख २०७८, शनिबार

Loading...