एलजीले भियतनामको स्मार्टफोन उत्पादन प्लान्ट बिक्री गर्न ग्राहक खोज्दै

Technology Khabar ४ बैशाख २०७८, शनिबार

एलजीले भियतनामको स्मार्टफोन उत्पादन प्लान्ट बिक्री गर्न ग्राहक खोज्दै
Global IME Bank

काठमाडौं ।

एलजी इलेक्ट्रोनिक्सले आफ्नो स्मार्टफोन व्यवसाय बन्द गर्ने केहि समयअघि औपचारिकरुपमा नै घोषणा गरेको थियो र हाल कम्पनीले सबै स्मार्टफोन प्लान्टहरू बन्द गरीरहेको छ।

एलजीले कतिपय स्थानहरुमा प्लान्टका लागि खरिदकर्ताहरू खोजिरहेको छ ।

एलजीले भियतनामको हाई फोङ्ग सिटी, ब्राजिलको तौउबेट र चीनको कुङ्गदाओमा स्मार्टफोन उत्पादन प्लान्टहरू सञ्चालन गरिरहेको छ । यसमध्ये भियतनाम प्लान्ट सबैभन्दा ठूलो हो, जसको वार्षिक क्षमता १ करोड स्मार्टफोन उत्पादन रहेको बताईएको छ।

हालै कोरियाली टाइम्सले रिपोर्ट गरेअनुसार मार्चमा, एलजीले भियतनामी कम्पनीका भिङ्गग्रुपसँग भियतनाम र ब्राजिलमा आफ्नो स्मार्टफोन प्लान्टहरू बेच्ने कुरा गरेको छ, तर दुबै पक्ष मूल्यमा सहमत हुन सकेनन्।

काउन्टर प्वाइन्ट तथ्याङ्गले देखाएअनुसार सन् २०१८को दोस्रो त्रैमासिकमा एलजीले ग्लोबल ह्यान्डसेट बजार शेयर ३ प्रतिशत भन्दा बढी हासिल गरेको थियो।

Sajilo Visa

प्रकाशित: ४ बैशाख २०७८, शनिबार

तपाइको प्रतिक्रिया