शाओमीले १ मिनेटमा ३० हजार थान एमआई मिक्स फोल्ड स्मार्टफोन बेच्यो

Technology Khabar ३ बैशाख २०७८, शुक्रबार

शाओमीले १ मिनेटमा ३० हजार थान एमआई मिक्स फोल्ड स्मार्टफोन बेच्यो

काठमाडौं ।

शाओमीले एमआई मिक्स फोल्ड स्मार्टफोन १ मिनटमा ३० हजार थान बेचेको छ। कम्पनीले पहिलो फ्लाश सेल शुरु गरेको १ मिनेटमै एमआई मिक्स फोल्ड ३० हजार थान बिक्री भएको थियो। उक्त ब्याच बिक्रीबाट कम्पनीले ६१ करोड ३० लाख डलर बराबरको आम्दानी गरेको थियो।

१ मिनेटमा ३० देखि ४० हजार थानको आँकडा हेर्दा प्रति सेकेन्ड ५०० थान एमआई मिक्स फोल्ड बिक्री भएको देखिन्छ।

शाओमी एमआई मिक्स फोल्ड १२ जीबी र्याम र २५६ जीबी स्टोरेज, १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज तथा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज गरी तीनवटा मेमोरी भेरियन्टमा उपलब्ध छ।

तीनै भेरियन्टमा दुईवटा एचडीआर १० स्क्रीन एमोलेड डिस्प्ले, सन्यापड्रागन ८८८ चिपसेट तथा १०८ मेगापिक्सेलको मुख्य तथा १३ मेगापिक्सेल अल्ट्रावाइड, ८ मेगापिक्सेलको टेलिफोटो लेन्ससहित स्मार्टफोनको दुनियाँमा पहिलोपटक लिक्विड लेन्स दिइएको छ।

Global Bank
easy care

प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार

ताजा समाचार