ह्वावे सन् २०३० सम्ममा सिक्स जी प्रविधि ल्याउने योजनामा

Technology Khabar ३ बैशाख २०७८, शुक्रबार

ह्वावे सन् २०३० सम्ममा सिक्स जी प्रविधि ल्याउने योजनामा
Classic Tech

चिनियाँ टेलिकम उपकरण निर्माता कम्पनी ह्वावेले सन् २०३० सम्ममा सिक्सजी प्रविधि ल्याउने योजनामा रहेको छ।

ह्वावेले केही दिनअघि गरेको ग्लोबल एनालिस्ट कन्फ्रेन्समा कम्पनीका रोटेटिङ अध्यक्ष एरिक सुले सिक्सजी सार्वजनिक गर्ने बताएका हुन्। उनकाअनुसार सो नेटवर्क अहिलेको फाइभजी नेटवर्क भन्दा ५० गुणा तिब्रगतिको हुनेछ ।

‘हामीलाई विश्वास छ सन् २०३० को हाराहारीमा हामी सिक्सजी नेटवर्क बजार सार्वजनिक गर्न सक्छौं,’ उनले भने।

टेक जायन्ट ह्वावे अहिले सिक्सजी प्रविधिलाई परिभाषित गर्न र यसको स्पेसिफिकेसनसहित मापदण्ड तयार गर्न काम गरिरहेको छ।

चिनियाँ सरकारले सिक्सजी प्रविधिको अध्ययन र अनुसन्धान सुरु गरिसकेको छ।  चिनियाँ विज्ञान तथा प्रविधि मन्त्रालयले दुई वटा छुट्टाछुट्टै कार्यदल गठन गरेर सिक्सजीको अनुसन्धानमा लगाउने तयारी गरेको छ।

यस बाहेक अन्य देशहरुले पनि सिक्सजी प्रविधिमा तिब्रगतिमा अध्ययन अनुसन्धान गरिरहेका छन् ।

जर्मन सरकारले पनि सन् २०२५ सम्ममा सिक्सजीको अनुसन्धान गर्न ८३ करोड ३० लाख अमेरिकी डलर वित्तीय सहायता प्रदान गर्ने घोषणा यसै साताको सुरुआतमा गरिसकेको छ।

दक्षिण कोरियाली सरकारले पनि सिक्सजीको अनुसन्धान शुरु गरिसकेको छ ।

त्यसैगरि एप्पलले पनि सिक्सजी सेलुलर प्रविधिको अनुसन्धान गर्न इन्जिनियरहरु नियुक्त गरेको समाचारहरु आईरहेका छन् ।

सिक्सजीले व्यापक सेवाहरूको दायरा प्रदान गर्दछ जुन आजको दिनमा सम्भव छैन। यस टेक्नोलोजीले काम गर्नका लागि, डाटा ट्रान्सफर रेट कम्तिमा १००० गिगाबिट प्रति सेकेण्ड हुनुपर्नेछ। र यो काम गर्नको लागि क्रममा तपाईले टेराहर्ज दायरा हासिल गर्नुपर्नेछ, र यो सजिलो काम होइन। एजेन्सीका साथ

TK Viber

प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार

Loading...