ओपोको ए५४ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक

Technology Khabar ३ बैशाख २०७८, शुक्रबार

ओपोको ए५४ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक
Classic Tech

ओपोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए५४ सार्वजनिक गरेको छ ।

ए५४मा रहेको ठूलो ब्याट्री र फास्ट चार्जिङले दिनभर ब्याट्रीको कुनै चिन्ता बिना फोन प्रयोग गर्ने मौका प्रदान गर्छ भने यसमा रहेको ओक्टाकोर प्रोशेसरले अझ धेरै कार्य सम्पादन तथा पर्याप्त मनोरञ्जन लिन समेत सघाउँछ । ६.५१ ईञ्च पञ्चहोल डिस्प्ले सहितको यो फोनमा पर्याप्त सञ्चय क्षमताका लागि १२८जीबी रोमको ब्यवस्था गरिएको छ ।

“ए सिरिजको डिजाइन, प्रयोगकर्ताले प्रविधिलाई अझ रमाईलो रुपमा स्विकार्न सकुन् भन्ने सोचका साथ गरिएको हो । नयाँ पुस्ता, प्रविधिले तिनलाई सक्रिय सामाजिक जीवनशैली जीउन सघाओस् भन्ने चाहान्छन् । तिनको यो चाहनाको सटिक सम्बोधन गर्नुका साथै यसमा समकालिन डिजाइनपनि दिएका छौँ । यसमा रहेको ५०००एमएएच क्षमताको ब्याट्री र १८वाट फास्ट चार्जले प्रयोगकर्तालाई दिनभरी ब्याट्रीको कुनै चिन्ता बिना फोन प्रयोग गर्ने मौका प्रदान गर्छ । स्मार्टफोनले चाहेको जस्तो परफर्मेन्स नदिँदा हुने तनावको समाधानका रुपमा ओपो ए५४मा पर्याप्त सञ्चय क्षमता र मेमोरीपनि दिएका छौँ”, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

ब्याट्री र चार्जिङ

ओपो ए५४मा जडित ५०००एमएएच क्षमताको ब्याट्रीलाई एकपटक पूर्णरुपमा चार्ज गर्दा यसको प्रयोग २.२ दिनका लागि गर्न सकिन्छ। ए५४मा ८ सय पटक सम्म ढुक्क भई फोनको चार्ज गर्न सकियोस् भन्ने सोचका साथ सेफ्टी फिचर्सपनि दिइएको छ । ए५४मा चार्जिङका दौरान प्रयोगकर्ताको सुरक्षार्थ ब्याट्री ओभरचार्ज वा ओभर(डिस्चार्ज प्रोटेक्सन्स, शर्ट सर्किट वा ओभरकरेन्ट प्रोटेक्शन लगायत चार्जिङ प्रोटेक्शन डिजाइनपनि दिइएको छ ।

१८वाट फास्ट चार्जले मात्र २ घण्टा २३ मिनेट भित्रै फोनलाई पूर्णरुपमा चार्ज गर्छ । टाइप-सी कनेक्टरको प्रयोग हुने ए५४मा सुपर पावर सेभिङ मोड, सुपर नाइटटाइम स्ट्यान्डबाई, अप्टिमाइज्ड नाइट चार्जिङ स्मार्ट टेम्परेचर कन्ट्रोल लगायत चार्जिङका बखत सुरक्षा प्रदान गर्ने फिचर्सपनि दिइएका छन् ।

रोम र डिस्प्ले

४जीबी र्याम र १२८जीबी रोम सहितको ए५४मा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार माइक्रो एसडी कार्डको प्रयोग मार्फत सञ्चय क्षमतालाई अतिरिक्त २५६जीबी सम्म बढाउन सक्छन् । यसमा मिडियाटेक हेलियो पी३५ (एमटी६७६५) ओक्टाकोर प्रोशेसर प्रयोग गरिएको छ ।

एलसीडी डिस्प्लेद्वारा सञ्चारित एचडी+ स्क्रिनले आँखालाई तनाव रहित फ्लिकर फ्रि दृश्यानुभव न्यून ब्राइटनेसका साथ प्रदान गर्छ । यसमा ८९.२% स्क्रिन(टू(बडी रेसियो र सानो एपर्चरका लागि सिंगल पञ्च(होल डिस्प्लेको प्रयोग गरिएको छ ।

त्यसैगरी ए५४मा हरेक अवस्थामा स्पष्ट हेर्न सकिने स्क्रिनका लागि सनलाइट स्क्रिन एण्ड मुनलाइट स्क्रिनको पनि ब्यवस्था गरिएको छ ।

त्यसैगरी फोनमा अनलकिङका लागि फेस रिकग्निसनका साथै साइड फिंगरप्रिन्ट अनलक प्रविधिपनि उपलब्ध गरिएका छन् ।

ए५४मा प्रायः हाई एन्ड फोनहरुमा मात्र उपलब्ध हुने क्यामेरा लेआउटमा तीन ओटा क्यामेराको समायोजन गरिएको छ । यसमा रहेका रियर क्यामेराले १३एमपी मेन क्यामेरा, नजिकका शट्सका लागि २एमपी माक्रो क्यामेरा र उत्कृष्ट बोके शट्सका लागि २एमपी बोके क्यामेराको प्रयोग गर्छ ।

त्यसैगरी हरेक अवस्थामा उत्कृष्ट तस्विरका लागि फोनमा ब्याकलाइट एचडीआर, ड्याजल कलर, एआई सिन रिकग्निशन लगायत फिचर्सहरुपनि उपल ब्ध गरिएका छन् । त्यसैगरी अल्ट्रानाइट मोड, फ्रण्ट तथा रियर क्यामेरा दुबैका लागि १५ ओटा उत्कृष्ट फिल्टर्स र १८० डिग्री प्यानारोमा फिचरपनि फोनमा उपलब्ध छन् ।

ए५४मा एआई ब्यूटिफिशेन सुविधा सहितको १६एमपी फ्रण्ट क्यामेरा जडान गरिएको छ । यसमा रहेको बोकेले, बोके ईफेक्टका साथै तस्विर मा ब्यूटिफिकेशन र फिल्टर्सको सुविधापनि प्रदान गर्छ । फोनको रियर क्यामेराले ९०एफपीएसमा ७२०पीको स्लो(मो भिडियो खिच्ने सुविधा प्रदान गर्छ । साथै, अरिजिनल, जेन्टल, नून, सब्टल लगायत १० भिडियो फिल्टर्सपनि उपलब्ध छ ।

बजार उपलब्धता

आजैका मितिबाट ओपो ए५४ नेपाली बजारमा क्रिस्टल ब्ल्याक र स्टारी ब्ल्यू गरी दुई आकर्षक रंगमा उपलब्ध गरिएको छ । ४जीबी र्याम र १२८जीबी रोम सुुसज्जित ओपो ए५४को मूल्य रु. २५ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

TK Viber

प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार

Loading...