कार्बन हटाउने परियोजनाका लागि एप्पलको २० करोड डलरको कोष, नेपालले पनि पाउला त?

Technology Khabar ३ बैशाख २०७८, शुक्रबार

कार्बन हटाउने परियोजनाका लागि एप्पलको २० करोड डलरको कोष, नेपालले पनि पाउला त?

काठमाडौं ।

एप्पलले वायुमण्डलबाट कार्बन हटाउने परियोजनाका लागि २० करोड डलरको कोष निर्माण गरेको छ। कम्पनीले बिहीबार बताए अनुसार यस कोषमार्फत् विभिन्न ठाउँमा वनहरु बढाउने र यसका लगानीकर्ताहरुलाई आर्थिक लाभ पनि प्रदान गर्ने उद्देश्य रहेको छ।

रिस्टोर फन्ड नामक उक्त कोषमार्फत् कार्बन उत्सर्जन घटाउने तथा काष्ठ उत्पादनका वनजंगलसम्बन्धी परियोजनाहरुमा लगानी गरिने बुझिएको छ।

यसको मुख्य उद्देश्य वायुमणडलबाट बर्सेनि १० लाख मेट्रिक टन कार्बन डाइअक्साइड हटाउनु रहेको छ।

एप्पलले गत वर्ष जलवायु परिवर्तनका क्षेत्रमा आफ्नो कम्पनीले थप्ने नकारात्मकता हटाउने साथै सन् २०३० सम्म कार्बन तटस्थ बन्ने बताएको थियो।

कम्पनीले सन् २०३० सम्ममा आफ्नो आपूर्ति श्रृङ्खलामार्फत् हुने उत्सर्जन सोझै ७५ प्रतिशतसम्म हटाउने तथा रिस्टोर फन्डले बाँकी २५ प्रतिशतको व्यवस्थापन गर्ने बताएको छ। रिस्टोर फन्डमा रहेका एप्पलका साझेदारहरुमा गैरनाफामूलक कन्जर्भेसन इन्टरनेशनल तथा गोल्डम्यान साख्स ग्रुपले उक्त कोष सञ्चालन गर्नेछन्।

‘आर्थिक फाइदा तथा साँच्चै र मापन गर्न सकिने हिसाबले कार्बनको प्रभाव हटाउने यस्तो कोषमार्फत् विश्वभर नै कार्बन हटाउने योजनामा लगानी गर्न प्रोत्साहित गर्दै हामी भविष्यमा अझ फरनकिलो परिवर्तनको सारथी बन्न चाहन्छैं’, एप्पलको वातावरण, नीति तथा सामाजिक पहलकदमी विभागकी उप प्रमुख लिसा ज्याक्सनले एक विज्ञप्तिमा उल्लेख गरेकी छिन्,  ‘हाम्रो उद्देश्यलाई अरुले पनि शेयर गरुन् र गम्भीर अवस्थामा रहेको पारिस्थितिक प्रणालीको रक्षाका लागि आफ्ना स्रोतसाधनहरुको प्रयोग गरुन् भन्ने हाम्रो अपेक्षा हो।’

easy care

प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार