टीसीएलले २० सिरिजमा तीन नयाँ स्मार्टफोन थप्यो

Technology Khabar ३ बैशाख २०७८, शुक्रबार

टीसीएलले २० सिरिजमा तीन नयाँ स्मार्टफोन थप्यो

काठमाडौं ।

टीसीएलले आफ्नो स्मार्टफोन सिरिजमा २०एल, २०एल+ तथा २० प्रो फाइभजी डिभाइसहरु थप गरेको छ।

टीसीएल २० प्रो फाइभजी

यसमा ६.६७ इन्चको फुल एचडी+ एमोलेड कर्भ्ड डिस्प्ले दिइएको छ। यो प्यानलले रियलटाइममा चलिरहेको भिडियोलाई एसडीआरबाट एचडीआरमा परिणत गर्न सक्छ।

क्वालकमको स्न्यापड्रागन ७५०जी चिपसेट राखिएको यो फोनमा पछाडि ४८ मेगापिक्सेलको मुख्य क्यामरासहित १६ मेगापिक्सेलको अल्ट्रावाइड, ५ मेगापिक्सेलको म्याक्रो तथा २ मेगापिक्सेलको डेप्थ सेन्सर दिइएको छ।

सेल्फीका लागि ३२ मेगापिक्सेलको क्यामरा लगाइएको छ भने १५ वाट चार्जिङ सपोर्ट सहितको ४५०० एमएएच ब्याट्री रहेको छ। यसको बजार मूल्य ५४९ यूरो तोकिएको छ।

टीसीएल २०एल

यसमा ६.६७ इन्चको फुल एचडी+ आईपीएस एलसीडी डिस्प्ले दिइएको छ।

क्वालकमको स्न्यापड्रागन ६६२ चिपसेट राखिएको यो फोनमा पछाडि ४८ मेगापिक्सेलको मुख्य क्यामरासहित ८ मेगापिक्सेलको स्न्यापर तथा २ मेगापिक्सेलको म्याक्रो सेन्सर दिइएको छ।

यो ४ जीबी र्यामका साथमा ६४ वा १२८ जीबी स्टोरेज अप्शनमा उपलब्ध छ।

यसमा साइड पट्टि फिंगरप्रिन्ट सेन्सर तथा फास्ट चार्जिङ सपोर्ट सहितको ५००० एमएएच ब्याट्री रहेको छ। यसको बजार मूल्य २२९ यूरो तोकिएको छ।

टीसीएल २०एल+

यो फोनमा पछाडि ६४ मेगापिक्सेलको मुख्य क्यामरासहित रहेको छ भने यसमा ६ जीबी र्यामका साथमा २५६ जीबी स्टोरेज दिइएको जसलाई माइक्रो एसडीको सहायताले १ टीबीसम्म बढाउन सकिन्छ।

यसबाहेक अन्य क्यामरा, चिपसेट, डिस्प्ले र ब्याट्री भने २०एलकै रहेका छन्। यो एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा चल्छ। यसको बजार मूल्य २६९ यूरो तोकिएको छ।

easy care

प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार

ताजा समाचार