एप्पलले आगामी वर्ष आईफोन १२ मिनीको उत्पादन नगर्ने

Technology Khabar ३ बैशाख २०७८, शुक्रबार

एप्पलले आगामी वर्ष आईफोन १२ मिनीको उत्पादन नगर्ने
Classic Tech

एप्पलको सन् २०२२ का आईफोनहरु सुधारिएका क्यामराको साथमा चार फरक मोडलमा आउन सक्ने टीएफआई विश्लेषक मिङ्ग ची कुओले बुधवारको नोटमा लगानीकर्तालाई जानकारी दिएका छन् ।

एप्पलका डिभाइसहरू दुई आकारमा अर्थात एउटा ६.७ इन्च साइज र अर्को ६.१ साइजमा आउन सक्दछन्। कुओको नोटकाअनुसार दुबै आकारहरू हाइइण्ड र लोइण्ड संस्करणहरूमा आउन सक्दछन्।

कुओको पूर्वानुमानले सुझाव दिन्छ कि एप्पलले आफ्नो सबैभन्दा कम लागतको नयाँ डिभाइस आईफोन १२ मिनीबाट हात झिक्नेछ, जुन साना आईफोनको लागि प्रयोगकर्ताको अनुरोध पछि सन् २०२० मा जारी गरिएको थियो।

यद्यपि एप्पलको एशियाई आपूर्ति श्रृंखला र विश्लेषकहरूको अनुमानले ठूला डिस्प्ले र ठूला ब्याट्री भएका अन्य आईफोनको तुलनामा आईफोन १२ मिनीको बिक्री राम्रोसँग भईरहेको छैन भनेर सुझाव दिन्छ।

कुओको अनुसन्धान एप्पलको एशियाई आपूर्ति श्रृंखला कम्पनीहरुमा केन्द्रित छ, र उनी आगामी एप्पल उत्पादनहरुको बारेमा सही भविष्यवाणी गर्न प्रसिद्ध छन्।

बुधवारको नोटमा, उनले सन् २०२२ आईफोनहरुले क्यामरा अपग्रेड गर्नका साथै महँगो पार्टहरु प्रयोग गरी रिजोलुसन र इमेजको गुणस्तर बढाउनेछ र आईफोनलाई उच्च रिजोलुशनसहितका अग्मेन्टेड रियालिटी र भर्चुअल रियालिटी हेडसेटको लागि उपयुक्त हुने भिडियो शट बनाउनेछ।

उनकाअनुसार नयाँ आईफोनमा सोनीको सेन्सर प्रयोग हुनेछ भने यसमा ८के भिडियो रिजोलुसन तथा ४८ मेगापिक्सेलको तस्वीर लिनसक्ने क्यामरा हुनेछ । एजेन्सीका साथ

TK Viber

प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार

Loading...