जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनद्वारा अर्को शेफर्ड रकेट परीक्षण

Technology Khabar ३ बैशाख २०७८, शुक्रबार

जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनद्वारा अर्को शेफर्ड रकेट परीक्षण

काठमाडौं ।

अर्बपति जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले बुधबार आफ्नो अर्को शेफर्ड रकेट प्रक्षेपण गरेको छ।

अन्तरिक्षको किनारसम्म यात्रुलाई लैजाने र ल्याउन  प्रयोजनले बनाइएको आफ्नो पुन: प्रयोग गर्न मिल्ने बुस्टर र क्याप्सुल सिस्टमको परीक्षणपश्चात् उक्त प्रक्षेपण गरिएको हो।

अघिल्ला १४ प्रक्षेपणमा जस्तै यसमा पनि कुनै मानव यात्रु संलग्न थिएनन्। तर बुधबार अन्तरिक्ष यात्रुसहित गरिएको पूर्व प्रक्षेपण अभ्यासले कम्पनीले मानवसहितको आफ्नो पहिलो रकेट प्रक्षेपण केही समयमै हुन सक्ने आकलन गरिएको छ।

पाँच तल्ला अग्लो नयाँ शेफर्ड रकेट बुधबार टेक्ससको भान हर्नमा रहेको ब्लु ओरिजिनको परीक्षण प्रक्षेपणस्थलबाट छोडिएको थियो। यो जमिनबाछ जम्मा ६५ माइलजति माथि उडेर रकेट बूस्टरको माथिपट्टि रहेको क्रू क्याप्सुललाई आफूबाट अलग गरेको थियो। उक्त क्रू क्याप्सुलमा मानवको सट्टा ‘म्यानेकिन स्काइवाकर’ नाम गरेको पुत्ला राखिएको थियो।

‘क्रू क्याप्सुल र रकेट बूस्टरका लागि एउटा सुन्दर प्रक्षेपण र अवतरण,’ उक्त मिशनको लाइभस्ट्रिमका प्रस्तुतकर्ता तथा ब्लु ओरिजिनको अन्तरिक्षयात्री रणनीतिका निर्देशक एरियन कर्नेलले भने।

क्याप्सुलबाट छुट्टिएर न्यू शेफर्ड बूस्टर जमिनतर्फ नै खस्यो र यसमा रहेको सिङ्गल बीई-३ इन्जिन स्टार्ट गरेर प्रक्षेपणस्थलभन्दा २ माइल टाढाको कंक्रिट स्ल्याबमा अवतरण गरेको थियो।

यसको क्रू क्याप्सुल अन्तरिक्षको किनारामा ३ मिनेटजति तैरिएर प्रक्षेपण गरेको १० मिनेटमै जमिनतिर फर्किएको थियो। यसमा तीनवटा प्याराशुट जोडिएकाले यो विस्तारै भान हर्नको जमिनमा खसेको थियो।

Global Bank
easy care

प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार

ताजा समाचार