इन्टरनेटमा लाग्ने करका दरहरु घटाउन मन्त्रीहरुलाई क्यान महासंघ र आइस्पानको सुझाव

Technology Khabar २ बैशाख २०७८, बिहीबार

इन्टरनेटमा लाग्ने करका दरहरु घटाउन मन्त्रीहरुलाई क्यान महासंघ र आइस्पानको सुझाव
तस्वीरः क्यान महासंघको फेसबुक पेजबाट ।

काठमाडौं ।

क्यान महासंघ र इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले अर्थमन्त्री बिष्णुप्रसाद पौडेल तथा लाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङसँग भेट गरेर इन्टरनेटमा लाग्दै आएको करको दर घटाउन माग गरेका छन्।

क्यान महासंघका अध्यक्ष नवराज कुँवर र आइस्पानका अध्यक्ष सुधिर पराजुलीको नेतृत्वमा चैत ३१ गते अर्थमन्त्रीलाई भेट्दै उनीहरुले करको दरहरु घटाउँदै सूचना तथा संचार प्रविधि क्षेत्रलाई प्राथमिकतामा सुझाव पत्र बुझाएको अध्यो कुँवरले जानकारी दिए।

अर्थमन्त्री पौडेललाई सुझाव पत्र बुझाउनु अघि क्यान महासंघका पदाधिकारीहरुले सञ्चारमन्त्री गुरुङसँग भेट गरेर आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेटमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु ल्याउन, इन्टरनेट लगायत सुचना तथा सञ्चार प्रविधि क्षेत्रमा करका दरहरु घटाउन माग गरेका थिए ।

आइस्पानले यसअघि देखि नै इन्टरनेट सेवामा लाग्दै आएको चर्को करको दर घटाउन माग गर्दै आएको छ।

इन्टरनेट सेवा प्रदाक कम्पनीहरुले दूरसञ्चार सेवा शुल्क (टीएससी) मा हाल लाग्दै आएको ६.५ प्रतिशत करलाई शून्यमा झार्न प्रस्ताव गरेका छन् भने ब्यान्डविथको भुक्तानीमा लाग्ने टीडीएसलाई ५ प्रतिशतमा झार्न माग गरेका छन्।

कुल आम्दानीको चार प्रतिशत रोयल्टीलाई दुई प्रतिशतमा र ग्रामीण दूरसञ्चार विकास कोषको हालको रकम दुई प्रतिशतलाई एक प्रतिशतमा झार्न आइस्पानले प्रस्ताव गरेको छ।

यस्तै, कर्पोरेट करअहिले ३० प्रतिशत तिर्दै आएकोमा उनीहरुले यसलाई २५ प्रतिशतमा झार्न माग गरेका छन्।

विदेशबाट आयात हुने इन्टरनेट सेवाका उपकरणहरुको भन्सार दरमा पनि पुनरावलोकन गर्न उनीहरुले माग गरेका छन्।

easy care

प्रकाशित: २ बैशाख २०७८, बिहीबार