अमेजन, एप्पल, गुगल र फेसबुकद्वारा मताधिकारको समर्थनमा सार्वजनिक पत्रमा हस्ताक्षर

Technology Khabar २ बैशाख २०७८, बिहीबार

अमेजन, एप्पल, गुगल र फेसबुकद्वारा मताधिकारको समर्थनमा सार्वजनिक पत्रमा हस्ताक्षर

काठमाडौं ।

अमेजन, एप्पल, गुगल र फेसबुकद्वारा मताधिकारको समर्थनमा सार्वजनिक पत्रमा हस्ताक्षर गरेका छन्।

यसरी हस्ताक्षर अभियानमा जुट्नेमा अमेजन एप्पल अल्फाबेट फेसबुकलगायत सयैं संघसंस्था तिनका हजारों अधिकारीहरु तथा सेलिब्रिटीहरु रहेका छन्।

उनीहरुले मताधिकारको समर्थन तथा कुनै बालिग र योग्यता पुगेको नागरिकको मताधिकार कटोती गर्ने कुनै पनि प्रकारको विधेयकको विरोधमा हस्ताक्षर गरेका हुन्।

द न्यूयोर्कटाइम्स तथा द वाशिङ्टन पोस्टमा बुधबार पेजभरीको विज्ञापनका रुपमा छापिएको उक्त सार्वजनिक पत्र हस्ताक्षरको कार्यक्रम अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड कम्पनीका पूर्व कार्यकारी केनेथ चेनल्ट, मेरेकका मुख्य कार्यकारी केनेथ फ्रेजर तथा ब्ल्याक इकोनोमिक एलायन्सले संयुक्त रुपमा आयोजना गरेका थिए।

मताधिकारको मुद्दा अमेरिकामा चलिरहने मुद्दा हो तर हालको पत्र जर्जिया राज्यले मताधिकार कटोतीका हिसाबले पारित गरेको एसबी २०२ कानुन विधेयकलगत्तै आएकाले सान्दर्भिक रहेको छ।

यो विधेयकले मतदाताले मताधिकार प्रयोग गर्ने योग्यता परीक्षण गर्ने अधिकार राज्यका रिपब्लिकन अधिकारीहरुलाई दिएको छ। जस अनुसार अनुपस्थित मतदाताको मतपत्र प्रयोग गर्नका लागि व्यक्तिगत परिचयपत्र देखाउनुपर्ने लगायतका छन्।

यो विधेयकलाई अभियन्ता, कानुनविद्  तथा माइक्रोसफ्टजस्ता कम्पनीहरुले निकै आलोचना गरेका छन्।  यो पत्रमा कोका कोला, डेल्टा, होम डिपो, वालमार्ट तथा जेपी मोर्गन चेजजस्ता कम्पनीले भने हस्ताक्षर गर्न मानेका छैनन्।

न्यूयोर्क टाइम्सका अनुसार अनलाइनमा बहिष्कारको धम्की आउन थालेपछि पत्रमा हस्ताक्षर नगरे पनि कोका कोला र डेल्टाले जर्जियाको उक्त विधेयकको विरुद्धमा बोलेका थिए। एप्पल, गुगल, अमेजन नेटफ्लिक्स ट्विटर तथा फेसबुक तथा अन्य व्यवसायीले भने आफ्नै पैसा खर्च गरेर हस्ताक्षर गरेका थिए।

easy care

प्रकाशित: २ बैशाख २०७८, बिहीबार