सामसङको ग्यालेक्सी अनप्याक्ड इभेन्ट आगामी अप्रिल २८ मा

Technology Khabar २ बैशाख २०७८, बिहीबार

सामसङको ग्यालेक्सी अनप्याक्ड इभेन्ट आगामी अप्रिल २८ मा

काठमाडौं ।

सामसङले आगामी अप्रिल २८ मा ग्यालेक्सी अनप्याक्ड इभेन्ट गर्ने भएको छ। गएको जनवरीमा फ्ल्यागशिप फोन ग्यालेक्सी एस२१ सार्वजनिक गरेको सामसङले यो इभेन्टमा हालसम्मकै सबैभन्दा शक्तिशाली ग्यालेक्सी फोनको अपेक्षा गर्न सकिने बताएको छ।

उक्त इभेन्टको ट्रेलरमा सानो ग्यालेक्सी बक्सभित्र शक्तिशाली डिभाइस रहेको देखाइएङ्को छ। यसबाट उक्त दिन ग्यालेक्सी ट्याब ८ सिरिज सार्वजनिक हुनसक्ने आकलन गर्न सकिन्छ।

यसबाहेक सामसङले उक्त दिन ग्यालेक्सी बुक प्रो र ग्यालेक्सी बुक प्रो ३६० नोटबुक पनि सार्वजनिक गर्न सक्ने चर्चा बाहिरिएको छ। यी नोटबुकहरुमा ओएलईडी स्क्रीन, फाइभजी कनेक्टिभिटी तथा कोर आई५ तथा आई७ प्रोसेसरयुक्त हुने भएकाले पनि ‘सबैभन्दा शक्तिशाली’ भन्ने नाम दिइएको हुन सक्ने बुझिएको छ।

सामसङले आफ्नो अनप्याक्ड इभेन्टअघि आउँदै गरेका डिभाइसहरुका बारेमा धेरै जानकारी सार्वजनिक गर्दैन। त्यसैले ट्रेलरमा देखाइएको नीलो रहस्यमय बक्सभित्र के छ भन्ने थाहा पाउन हामीले कम्तीमा पनि दुई हप्ता कुर्नैपर्ने हुन्छ।

सामसङले आफ्नो युट्युब च्यानल तथा वेबसाइटमा उक्त इभेन्टको भिडियो लाइभस्ट्रिम गर्ने बताएको छ।

Global Bank
easy care

प्रकाशित: २ बैशाख २०७८, बिहीबार

ताजा समाचार