Technology Khabar २ बैशाख २०७८, बिहीबार
काठमाडौं ।
अब आफैँले आफ्नो घरजग्गाको नक्सा प्रिन्ट गर्न सकिने भएको छ।
नापी विभागमा बिहीबार आयोजित एक औपचारिक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नापी विभागको अनलाईन सेवा प्रणाली ‘मेरो कित्ता’ को शुभारम्भ गरेसँगै यो सुविधा सेवा ग्राहकले उपभोग गर्न पाउने भएका हुन्।
अब मेरोकित्ता डट जीओभी डट एनपी (merokitta.gov.np) वेबसाइटमा गएर सेवाग्राहीले आफैँले इन्टरनेटबाटै आफ्नो घरजग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न मिल्ने भएको छ।
यो सुविधा कार्यान्वयनमा अब आफ्नो घरजग्गाको नक्सा प्रिन्ट गर्न र त्यसबापतको शुल्क बुझाउन नापी कार्यालय धाइरहनु नपर्ने भएको छ।
यो सुविधा हाल काठमाण्डौ उपत्यकाका डिल्लीबजार र कलंकी तथा भक्तपुरको कार्यालयमा लागू हुनेछ । विस्तारै यो सुविधा देशभरका १२६ वटै नापी कार्यालयबाट यो सुविधा सेवाग्राहीले लिन सक्ने विभागले जनाएको छ ।
दुई वर्षको प्रयासपछि अनलाइनबाटै जग्गाको नक्सा प्रिन्ट गर्न मिल्ने सेवाको शुभारम्भ भएको जानकारी दिएकोछ । विभागले सुरक्षित रुपमा उक्त प्रणालीको विकास गरिएको भन्दै सेवाग्राहीलाई ढुक्क भएर उपयोग गर्न अनुरोध समेत गरेको छ ।
यसरी लिनुस सेवा
विभागले अनलाइनबाटै नक्सा प्रिन्ट गर्नका लागि ‘merokitta.gov.np’ नामक वेवसाइट तयारी पारेको छ।
उक्त वेवसाइट खोल्न कुनै पासवर्ड आवश्यक पर्दैन् । जुनसुकै ब्राउजरबाट मेरो कित्ता खोलेर जग्गाधनीको पूर्जामा रहेका कित्ता नम्बर, नाम र सम्पर्क नम्बर लगायतका तोकिएका विवरण सहितका जानकारीहरु राख्नुपर्नेछ।
सेवाग्राहीले राखेको विवरणका आधारमा तोकिएको नापी कार्यालयले प्रमाणित गर्नेछ । सेवाग्राहीले राखेको विवरणका आधारमा विभागका कर्मचारीले कारोबार योग्य रहेको प्रमाणित भए नभएको जानकारी गराउँछन् ।
कार्यालयबाट योग्य भएको जानकारी आएपछि सेवाग्राहीले महालेखा नियन्त्रकको कार्यालयमा तोकिएको राजश्व भुक्तानी गनुपर्नेछ ।
जुनसुकै डिजिटल सेवा प्रदायक कम्पनी मार्फत नक्सा प्रिन्ट गर्दा लागेको रकम राजश्व भुक्तानी गर्न सकिनेछ ।
प्रकाशित: २ बैशाख २०७८, बिहीबार