शाओमीको एमआई टिभी स्टिक बजारमा, कुनै पनि टिभीलाई स्मार्ट टिभीमा रूपान्तरण गर्ने

Technology Khabar २ बैशाख २०७८, बिहीबार

शाओमीको एमआई टिभी स्टिक बजारमा, कुनै पनि टिभीलाई स्मार्ट टिभीमा रूपान्तरण गर्ने
Classic Tech

स्मार्टफोन ब्रान्ड शाओमीले स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेटको रूपमा एमआई टिभी स्टिक नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले नयाँ वर्ष २०७८ को पहिले दिन पारेर कुनै पनि ननस्मार्ट टिभीलाई स्मार्ट टिभीमा रूपान्तरण गर्ने लक्ष्यसहित टिभी स्टिक ल्याएको हो ।

एन्ड्रोइड टिभी ९.० द्वारा सञ्चालित एमआई टिभी स्टिकले गुगल प्लेमार्फत ५ हजारभन्दा बढी एप्स र गेमहरूको पहुँच प्रदान गर्ने जनाइएको छ । एमआई टिभी स्टिक कम्प्याक्ट र लाइटवेट डिजाइन रहेको कम्पनीले जनाएको छ ।

यसमार्फत प्रयोगकर्ताले अब कुनै पनि टिभीमा पूर्ण एचडी रेजोलुसनमा हजारौँ घन्टा मनोरञ्जन तथा सूचना लिन सक्ने कम्पनीले जनाएको छ । टिभी स्टिकलाई ३० सेकेन्डभन्दा कममा जडान गर्न सकिने कम्पनीको दाबी छ । यसमा ग्याजेटमा सिनेमाजस्तो अनुभवका लागि डोल्बी र डिटिएस अडियो कम्प्रेसन प्रविधि रहेको जनाइएको छ ।

शाओमी नेपालका कन्ट्रि जनरल म्यानेजर सौरभ कोठारीले शाओमीले ग्राहकको मनोरञ्जनलाई बैठक कोठाको आराममा केन्द्रित गरिरहेको बताए । एमआई टिभी स्टिकको लन्चसँगै कम्पनी उपभोक्तालाई स्मार्ट टिभी अनुभव प्रदान गर्नमा केन्द्रित रहेको उनको भनाइ थियो ।

विशेषतः यो टिभि स्टिक एन्ड्रोइड टिभीको संस्करण ९९।००मा सञ्चालित रहेको जनाइएको छ । यो नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी प्लस हटस्टार, हंगामा प्ले, जी–फाइभ, आहा मनोरञ्जनजस्ता ओटिटी प्लेयरको पहुँचका साथ अनलाइन सामग्री स्ट्रिमिङका लागि एक स्टप गन्तव्य बनेको कम्पनीले जनाएको छ ।

गुगल प्ले स्टोरमा ५ हजारभन्दा बढी एप्लिकेसनको उपलब्धताका साथ एमआइटिभी स्टिकले गुगल प्ले स्टोरमा खेल खेल्ने विकल्पको अधिकता पनि प्रदान गरेको जनाइएको छ ।

यसमा गुगल सहायकद्वारा सञ्चालित भ्वाइस सर्च रहेकाले प्रयोगकर्ताले आफ्नो योजना बनाउन, पछिल्लो अपडेट/समाचार प्राप्त गर्न, मनपर्दो सामग्री प्ले खोजी गर्न र अन्य स्मार्ट घरेलु उपकरण नियन्त्रण गर्नका लागि उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो क्रोमकास्ट बिल्ट–इनका साथ उपलब्ध रहेकाले प्रयोगकर्ताको सबै मनपर्ने एप्सहरूबाट सामग्रीहरू–मोबाइलहरू/ट्याब्लेटहरू/ल्यापटपहरू कास्ट गर्न सक्ने जनाइएको छ ।

एमआई टिभी स्टिकको बजार मूल्य ६ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २ बैशाख २०७८, बिहीबार

Loading...