टीसीएलले स्क्रीन पट्याउन र घुमाउन दुवै मिल्ने फिचर भएको स्मार्टफोन ल्याउने

Technology Khabar २ बैशाख २०७८, बिहीबार

टीसीएलले स्क्रीन पट्याउन र घुमाउन दुवै मिल्ने फिचर भएको स्मार्टफोन ल्याउने
Classic Tech

टीसीएलले स्क्रीन पट्याउन र घुमाउन दुवै मिल्ने फिचर भएको फोल्ड एन्ड रोल स्मार्टफोन सार्वजनिक गरेको छ। हाललाई प्रोटोटाइपका रुपमा मात्र रहेको छ। टीसीएलको फ्लेक्सिबल स्क्रीन भएको पहिलो फोन यसै वर्षको अन्त्यसम्ममा आइसक्ने बताइएकोमा यो नै पहिलो फोन हुन वा नहुन पनि सक्छ।

टीसीएलको यो फोल्ड एन्ड रोलमा स्क्रीन बाहिरपट्टि फोल्ड भएर रहेको हुन्छ भने त्यसलाई रोल गरेपछि स्क्रीनको साइज बढ्छ। कम्पनीले पट्याउने तथा घुमाउने दुवै कामका लागि उच्च गुणस्तरको कब्जा तथा प्रविधिको प्रयोग गरेको छ।

यसमा ६.८७ इन्चको स्क्रीन रहेको छ जसलाई खोल्दा ८.८५ इन्चसम्म फैलिन्छ जुन हालसम्म उपलब्ध फोल्डिङ फोनमध्ये सबैभन्दा ठूलो साइजको स्मार्टफोन हुन आउँछ। यसमा रोल गर्दा भने यसको साइज १० इन्चको हुन आउँछ। यसो गर्दा यसको आस्पेक्ट रेशियोमा परिवर्तन आउँछ र मल्टिमिडियाका लागि सुहाउँदो साइज बन्छ।

टीसीएल आफैँमा चीनको सबैभन्दा ठूलो डिस्प्ले उत्पादक सीएसओटीको माउ कम्पनी हो। यसले साना फोनदेखि ठूला टीभी स्क्रीनसम्मका लागि डिस्प्ले बनाउँछ। कम्पनीले सन् २०१९ को चोथो चोमासिकबाट ओएलईडी प्यानल बनाउन शुरु गरेको हो।

कम्पनीले अन्य कम्पनीसँग यसको डिस्प्लेलाई सुरक्षित र दरिलो बनाउन शिशाको प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारेमा छलफल पनि गरिरहेको बुझिएको छ। अहिलेको प्रोटोटाइपमा भने प्लास्टिक प्रयोग गरिएको छ।

TK Viber

प्रकाशित: २ बैशाख २०७८, बिहीबार

Loading...