दूरसञ्चार प्राधिकरणको नयाँ कार्यालय जमलस्थित राष्ट्रिय नाचघरमा

Technology Khabar २ बैशाख २०७८, बिहीबार

दूरसञ्चार प्राधिकरणको नयाँ कार्यालय जमलस्थित राष्ट्रिय नाचघरमा

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो कार्यालय जमलमा सारेसँगै आजदेखि सोही स्थानबाट सेवा दिने भएको छ।

दूरसञ्चार क्षेत्रको नियामक निकायको यसअघि कमलादीमा रहेको कार्यालय सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को जमलस्थित व्यापारिक भवनमा सरेको हो। प्राधिकरणले नयाँ वर्षदेखि नयाँ कार्यालयबाट सेवा दिने जानकारी दिएको छ।

‘ २०७८ वैशाख २ देखि कार्यालयका काम कारबाहीहरु राष्ट्रिय नाचघरस्थित कार्यालयबाट नियमित सञ्चालन हुने हुँदा कार्यालय सर्ने क्रममा सेवाग्राही तथा सरोकारवालाहरुलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थि छौं’, प्राधिकरणको सार्वजनिक सूचनामा उल्लेख छ।

दुरसञ्चार प्राधिकरणले जमलमा रहेको सांस्कृतिक संस्थानको भवनमा कार्यालय राख्नका लागि मासिक प्रतिवर्ग फिट ७० रुपैयाँ भाडा दर कायम हुने गरी सांस्कृतिक संस्थानसँग सम्झौता गरेको छ।

सम्झौतामा प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने उल्लेख छ । १० वर्षे नयाँ सम्झौताअनुसार आव २०८७/८८ मा प्राधिकरणबाट संस्थानले तीन करोड आठ लाख रुपैयाँ प्राप्त गर्नेछ।

Global Bank
easy care

प्रकाशित: २ बैशाख २०७८, बिहीबार

ताजा समाचार