सामसङको ग्यालेक्सी एम६२ नेपाली बजारमा सार्वजनिक

Technology Khabar १ बैशाख २०७८, बुधबार

सामसङको ग्यालेक्सी एम६२ नेपाली बजारमा सार्वजनिक
Classic Tech

सामसङले नेपाली बजारमा ग्यालेक्सी एम६२ सार्वजनिक गरेको छ ।

कम्पनीले ग्यालेक्सी एम६२ मा क्यामरा, प्रोसेसर र ब्याट्रीमा विशेष महत्व दिएको छ।

फोनमा वेस्ट इन क्लास सुविधा सहित ७ एनएमको ९८२५ प्रोसेर रहेको छ । बारम्बार चार्ज गरिरहनु पर्ने झन्झटबाट मुक्ति दिन यसमा ७हजार एमएच ब्याट्री जडान गरिएको छ । २५ वाटको चार्ज सुविधा रहेको यो फोन २ घण्टामा पुरा चार्ज गर्न सकिन्छ ।

६ जिबी र्याम र १२८ जिबी स्टोरेजमा उपलब्ध ग्यालेक्सी एम६२ मा ४ वटा क्यामेरा रहेका छन् । जसमा ६४ मेगापिक्सेल वाइड, १२ मेगापिक्सेल अल्ट्रा वाइड, ५ मेगा पिक्सेल माइक्रो र ५ मेगा पिक्सेलको डेफ्थ क्यामरा रहेका छन् । यसमा फोरके भिडियो खिच्न सकिने प्रविधि पनि जडान छ जुन ‘स्लो मो’ मा सेल्फी खिच्न प्रयोग गर्न सकिन्छ।

स्पीड र पफर्मेन्सको लागि विशेष रुपमा निर्माण भएको यो फोन युवाहरुलाई लक्षित गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।

६.७ इञ्चको सुपर एमोलोइड डिस्प्ले सहितको फोन ब्लु, ​ग्रे​ र ग्रीन गरी तीन रङमा उपलब्ध छ । ग्यालेक्सी एम६२ को नेपाली मूल्य ४४ हजार ९ सय ९९ तोकिएको छ।

TK Viber

प्रकाशित: १ बैशाख २०७८, बुधबार

Loading...