शाओमीले ल्यायो ‘सुपरचार्जड स्मार्ट ट्वाइलेट’

Technology Khabar १ बैशाख २०७८, बुधबार

शाओमीले ल्यायो ‘सुपरचार्जड स्मार्ट ट्वाइलेट’

काठमाडौं ।

चीनको टेक जायन्ट शाओमीले बेलाबेलामा विभिन्न अनाैठा प्रकारका उत्पादन सार्वजनिक गरेर उपभोक्ताहरुको ध्यान तानिरहेको हुन्छ।

यसैक्रममा कम्पनीले हालै आफ्नो युपिन प्लेटफर्ममा क्राउडफन्डिङमार्फत् नयाँ ‘सुपरचार्जड स्मार्ट ट्वाइलेट’ सार्वजनिक गरेको छ।

यो स्मार्ट ट्वाइलेटले सीट आफैं तातो बनाउँछ साथै आवश्यकताअनुसार पानीको तापक्रम पनि परिवर्तन गर्न सक्छ। यसका लागि यो ट्वाइलेट वार्म एयर ड्राइङ्ग फिचर राखिएको छ। रातिको लागि यसमा नाइट फिचर पनि दिइएको छ। यसमा डुअल इन्जिन पावर प्रेसराइज्ड फ्लशिङ सिस्टम दिइएको छ जसका कारण यसमा कम प्रेसर पानीमा राम्ररी फ्लश हुन्छ। यो फिचर भएका कारण पानीको प्रेसर कम भएका क्षेत्रमा अग्ला घरको माथिल्लो तलामा पनि यसले राम्ररी काम गर्न सक्ने कम्पनीको दावी छ।

यो ट्वाइलेटमा मेकानिकल तथा फिजिकल दुवै खालका कन्ट्रोल दिइएको छ जसले बत्ती गएको बेला तपाईँलाई आफैं फ्लश गर्ने अप्शन दिन्छ।

यो दुई भेरियन्टमा उपलब्ध छ। पहिलो स्ट्यान्डर्ड भेरियन्टमा डुअल इन्जिन प्रेसराइजेसन सिस्टम, रिमोट कन्ट्रोल, इन्स्ट्यान्ट हिट, डिजिटल डिस्प्लेजस्ता फिचरहरु राखिएको छ।

अर्को योभन्दा महंगो भेरियन्ट फुल फिलिङ फ्लशिङ तथा एन्टी फ्रीज क्र्याक फिल्टर फङ्शन दिइएको छ।

दुवै भेरियन्टमा सिट तातो बनाउने, पानीको तापक्रम बढाउने, तातो हावाले पानी सुकाउने, नाइट लाइटलगायत थुप्रै फिचरहरु समान रहेका छन्।

यो ट्वाइलेटमा एलसीडी डिस्प्ले पनि दिइएको छ जसमा पानीको तापक्रमा तथा अन्य जरुरी जानकारीहरु देख्न सकिन्छ।

यो स्मार्ट ट्वाइलेट अहिलेका लागि क्राउडफन्डिङ् अन्तर्ग उपलब्ध गराइन्छ। यसको ४४९९ चिनियाँ यूआन अर्थात् ६८८ डलरको हाराहारी भए पनि क्राउडफन्डिङ अन्तर्गत २२९९ चिनियाँ यूआन अर्थात् लगभग ३५२ डलरको हाराहारीमा बिक्री गरिँदै आएको छ।

easy care

प्रकाशित: १ बैशाख २०७८, बुधबार