नेपाल इन्स्योरेन्सका बीमितले अबदेखि मोबाइलबाटै बीमा भुक्तानी गर्न सक्ने

Technology Khabar १ बैशाख २०७८, बुधबार

नेपाल इन्स्योरेन्सका बीमितले अबदेखि मोबाइलबाटै बीमा भुक्तानी गर्न सक्ने

काठमाडौं ।

नेपाल इन्स्योरेन्सका बीमितले अबदेखि मोबाइलबाटै बीमा भुक्तानी गर्न सक्ने भएका छन्।

कम्पनीले २०७८ साल बैशाख १ गतेबाट इन्स्योरेन्सको डिजिटल सेवा शुरु गरेसँगै बीमितले उक्त सुविधा भएको हो।

बीमा समितिले हालै जारी गरेको सम्पत्ति बीमा निर्देशिकाको निर्देशन अनुरुप बीमालेखलाई डिजिटल गर्नुपर्ने व्यवस्थालाई समेत ध्यानमा राखी कम्पनीले उक्त डिजिटल सेवाको शुरु गरेको हो ।

नेपालमै निर्जीवन बीमा उद्योगको क्षेत्रमा कम्पनीले बिक्री गर्दै आएका बीमालेखहरुमध्ये प्रथम चरणमा मोटर साईकलको तेस्रो पक्ष बीमालेख, घर बीमालेख र ट्राभलर्स मेडिक्लेम बीमालेखलाई अनलाइन पोर्टल मार्फत कम्पनीले मोबाईल एप सञ्चालनमा ल्याएको हो । यससँगै कम्पनीका ग्राहकले मोबाईलबाट एप डाउनलोड गरी आफुलाई चाहिएको बीमालेख खरिद गर्न सक्ने कम्पनीले बताएको छ।

उक्त बीमा सेवाको सुरुवात पश्चात उपभोक्ताको हात हातमा नेपाल इन्स्योरेन्सको बीमा सेवा उपलब्ध हुने कम्पनीको दाबी छ।

easy care

प्रकाशित: १ बैशाख २०७८, बुधबार

ताजा समाचार