गुगलले यी डिभाइसहरुबाट ‘प्ले मुभिज एन्ड टिभी’ एप हटाउने

Technology Khabar १ बैशाख २०७८, बुधबार

गुगलले यी डिभाइसहरुबाट ‘प्ले मुभिज एन्ड टिभी’ एप हटाउने

काठमाडौं ।

गुगलले रोकु सेट टप बक्स तथा सामसङ, एलजी, भिजियो र रोकुका सबै स्मार्ट टिभीहरुबाट प्ले मुभिज एन्ड टिभी एप हटाउने भएको छ।

९टू५ गुगलमार्फत् कम्पनीले आगामी जुलाइ १५ पछि यी सबै डिभाइसहरुबाट गुगल प्ले म्युजिक एन्ड टिभी एप हटाइने घोषणा गरेको हो।

तर यदि तपाईँले उक्त सेवामार्फत् कुनै पनि चलचित्र वा टिभी शो खरिद गर्नुभएको छ भने उक्त अवधिपछि पनि ती डिभाइसमा रहेको युट्युबमा ‘योर मुभिज एन्ड शोज’ सेक्सनमा गएर हेर्न सकिनेछ।

यो परिवर्तनले जुनसुकै ठाउँबाट पनि चलचित्र हेर्न मिल्ने मुभिज एनिह्वेर सेवा खरिद गरेकाहरुलाई पनि प्रभाव पार्नेछ। गुगलले द भर्जलाई बताए अनुसार आफ्ना चलचित्रलगायतका सामग्रीका लागि मात्र प्ले मुभिज एन्ड टिभी एप चलाउनेहरुले भने यो सेवा सजिलै युट्युबमार्फत् लिन सक्नेछन्।

युटुयुबमार्फत् सेवा लिँदा एपमा यूजरको वाचलिस्ट देख्न सकिँदैन। यसका लागि गुगलमा ‘माइ वाचलिस्ट’ सर्च गर्नुपर्छ। यूजरले मुभिज एन्ड टिभी स्टोरबाट खरिद गरेका सामग्रीहरु उनीहरुका परिवारजनले पनि हेर्न सक्नेछन्। तर युट्युब एपमार्फत् खरिद गरेका सामग्रीहरुमा भने परिवारजनको पहुँच हुँदैन।

Global Bank
easy care

प्रकाशित: १ बैशाख २०७८, बुधबार