ह्वावेले विद्युतीय सवारीका लागि तीन अटो निर्मातासँग साझेदारी गर्ने

Technology Khabar ३१ चैत्र २०७७, मंगलवार

ह्वावेले विद्युतीय सवारीका लागि तीन अटो निर्मातासँग साझेदारी गर्ने
Classic Tech

हालै चीनको शेन्जेनमा सम्पन्न ह्वावे ग्लोबल एनालिस्ट कन्फ्रेन्समा कम्पनीले तीन अटो निर्माता कम्पनीसँगको साझेदारीमा तीन ओटा सब-ब्रान्ड बनाउने घोषणा गरिएको छ। कन्फ्रेन्समा कम्पनीका रोटेटिङ अध्यक्ष शु झिजुनले यस्तो जानकारी दिएका हुन्।

ती तीनवटा सब-ब्रान्डबाट यसै वर्षको अन्तिम त्रैमाससम्ममा पहिलो विद्युतीय कार सार्वजनिक भइसक्ने कम्पनीले जनाएको छ।

शु झिजुनले आफैंले कार नबनाउने र अरु कम्पनीलाई विद्युतीय कार बनाउन सहयोग गर्ने निर्णय गर्न ह्वावेलाई वर्षाैं छलफल गर्नुपरेको बताए। ह्वावेले तीन ब्रान्डका स्मार्ट कार बनाउन तीन साझेदारहरुसँग हातेमालो गरेको छ। यी कारहरु ह्वावे र ती साझेदारहरुले संयुक्त रुपमा उत्पादन गर्नेछन्।

ह्वावेले साझेदारी गरेकामध्ये पहिलो संस्था बीएआईसी न्यू इनर्जी हो। यी दुई मिलेर आर्कफक्स पोलर फक्स ब्रान्डका विद्युतीय कार बनाउनेछन्।

यो कार यसै वर्षको चाैथो त्रैमासिकमा बजारमा आउने बुझिएको छ।

यसबाहेकका अन्य दुई कम्पनी चोङकिङ चाङ्गन र ग्वाङजाउ अटोमोबाइल हुन्। तर अन्य दुई ब्रान्डको नाम के हुनेछ भन्ने अहिलेसम्म खुलाइएको छैन।

शु झिजुनले ह्वावेले अन्य साझेदारसँगको सहकार्यमा बनाउने स्मार्ट कारमा भित्रपट्टि ह्वावेकै लोगो राखिने बताएका छन्। यो लोगो ह्वावेको अटोनोमस ड्राइभिङ सोलुशन प्रयोग भएका कारहरुमा प्रयोग हुनेछ।

हालै वेबोमा ह्वावे स्मार्टकार सोलुशन बीयूहसितको आर्कफक्स पोलर अल्फा एसको फोटो

पोस्ट गरिएको थियो। पहिलो पोस्टबाट यो कार नयाँ पीँढीको पूर्ण विद्युतीय स्मार्ट लक्जरी सवारी रहेको बुझिन्छ। यो कार भने आगामी अप्रिल १७ मा चीनको शाङ्घाइमा सार्वजनिक हुनेछ।

TK Viber

प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार

Loading...