शाओमीको नयाँ ट्याब्लेटको विवरण लीक, यस्तो हुनेछ स्पेसिफिकेशन

Technology Khabar ३१ चैत्र २०७७, मंगलवार

शाओमीको नयाँ ट्याब्लेटको विवरण लीक, यस्तो हुनेछ स्पेसिफिकेशन
Classic Tech

शाओमीले केही समयपछि सार्वजनिक गर्नेगरी दुईवटा ट्याब्लेटमा काम गरिरहेको छ।

यस्ता विवरण बाहिर ल्याउने डिजिटल च्याट स्टेशन नामको यूजरले सामाजिक सञ्जालमा पोस्ट गर्दै २०१८ यता ट्याब्लेट नबनाएको शाओमीले दुई वटा एमआई प्याडमा काम गरिरहेको भन्दै तिनका स्पेसिफिकेशन पनि दिएको छ।

यिनीहरुको नाम शाओमी एमआई प्याड ५ र एमआई प्याड ५ प्रो नाम हुन सक्ने तथा ११ इन्चको डब्लूक्यूएक्सजीए स्क्रीन रहने बुझिएको छ। यसको रिफ्रेश रेट सामान्यतया: आईप्याड प्रो तथा ग्यालेक्सी ट्याब एसमा भए झैं १२० हर्ज रहनेछ।

यी दुई प्याडमा अरु कुरा उस्तै भए पनि चिपसेट भने फरक छन्। एउटा मोडेलमा ५ एनएम प्रोसेसमा बनेको स्न्यापड्रागन ७८०जी चिपसेट दिइएको छ भने यसमा एक्स५३ फाइभजी मोडेम पनि छ।

यसैगरी अर्को मोडलमा एसएम८१५०-एसी चिप प्रयोग हुनेछ। यो स्न्यापड्रागन ८५५+ र ८६० दुवैको मोडल नम्बर हो। यी दुवै ७ एनएम प्रोसेसमा बनेका चिपसेट हुन्। यिनीहको जीपीयूको गति द्रुत हुन्छ। यी दुवैको रिफ्रेश रेट ९० हर्जभन्दा माथि हुँदैन।

यी दुई ट्याब्लेट कहिले सार्वजनिक हुन्छन् भन्ने यकिन मिति भने तोकिएको छैन।

TK Viber

प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार

Loading...