Technology Khabar ३१ चैत्र २०७७, मंगलवार
काठमाडौं ।
एप्पलले एप्पल टीभी र होमपड स्पीकर तथा क्यामरासहितको नयाँ डिभाइस विकास गरिरहेको छ।
ब्लूमबर्गले हालै एक रिपोर्ट प्रकाशित गर्दै एप्पलले यो बाहेक अमेजन इको शो र गुगलको नेस्ट हबजस्तै डिस्प्लेसहितको स्मार्ट स्पीकरमा पनि काम गरिरहेको जनाएको छ।
यी दुवै डिभाइसहरुको काम शुरुवाती चरणमा रहेको र कहिलेसम्म बनेर सार्वजनिक हुन्छन् भन्ने अहिल्यै यकिन गर्न नसकिने पनि बताइएको छ।
घोषणा हुन बाँबी उक्त टीभी एसेसरीमा एप्पल टीभी टुडेको सपोर्टमा गेम तथा भिडियो स्ट्रिमिङ सुविधा तथा यसको स्पीकर सामान्य टीभीमा हुनेभन्दा गुणस्तरको रोकुको साउन्डबार जस्तै हुनेछ।
यसले सोनोस बीमको जस्तै होमपडका म्युजिक प्लेब्याक र सिरी भ्वाइस असिस्टेन्ट कन्ट्रोल, तथा एलेक्जा र गुगल असिस्टेन्टजस्ता फिचरहरुसमेत सपोर्ट गर्दछ। साथै यसमा भएको क्यामराले यसलाई फेसबुक पोर्टल टीभीजस्तै भिडियो कलिङ सुविधा प्रदान गर्दछ।
एप्पलले ल्याउने अर्को डिभाइस अमेजन र गुगलले पहिलेदेखि नै प्रदान गरिरहेको स्मार्ट डिस्प्ले हो जुन आईप्याड र होमपडको संयोजनको रुपमा रहनेछ।
प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार