क्लबहाउसका सीईओ भन्छन्- डाटा ह्याक भएको छैन

Technology Khabar ३० चैत्र २०७७, सोमबार

क्लबहाउसका सीईओ भन्छन्- डाटा ह्याक भएको छैन
Classic Tech

क्लबहाउसका प्रमुख कार्यकारीले केही दिन अघि आएको यसका यूजरहरुको करोडों विवरण ह्याक भएको खबर झूटो भएको बताएका छन्।

आईफोनमा मात्र चल्ने यो अडियो फोरम एक वर्षकै बीचमा चर्चित भएपछि विभिन्न कम्पनीहरुले यस्तै एपहरु बनाउन थालेका छन्।

साइबरन्यूजले केही दिनअघि ह्याकिङ फोरममा क्लबहाउसको १ करोड ३० लाख यूजरको एसक्यूएल डाटाबेस आएको रिपोर्ट प्रकाशित गरेको थियो। यसमा क्रेडिट कार्डका विवरण र कानुनी दस्तावेजजस्ता अति सम्वेदनशील विवरण भने नभएको बताइएको थियो।

क्लबहाउसले ट्विटरमा एउटा पोस्ट गर्दै बाहिर आएका रिपोर्टहरु गलत र दिग्भ्रमित तुल्याउने खालका भएको र कम्पनीको कुनै पनि डाटा ह्याक नभएको बताएका हुन्। ‘ह्याक भएको भनिएको सबै डाटा हाम्रो एपमा रहेको पब्लिक प्रोफाइलको जानकारी हो जुन क्लबहाउस एप वा एपीआईमार्फत सबैजनाले हेर्न सक्छन्’, पोस्टमा भनिएको छ।

TK Viber

प्रकाशित: ३० चैत्र २०७७, सोमबार

Loading...