सामसङ जेड सिरिजको फोल्डेबल फोन जुलाइमा सार्वजनिक हुने

Technology Khabar ३० चैत्र २०७७, सोमबार

सामसङ जेड सिरिजको फोल्डेबल फोन जुलाइमा सार्वजनिक हुने

काठमाडौं ।

सामसङले आफ्नो जेड सिरिजको फोल्डेबल फोन अघिल्लो वर्षभन्दा केही चाँडै रिलिज गर्ने भएको छ। ग्यालेक्सी एस२१ सिरिज पनि अघिल्ला वर्षहरुका तुलनामा एक महिना अगाडि नै सार्वजनिक गरिएको थियो।

दक्षिण कोरियाली समाचार संस्था दइलेकको रिपोर्ट अनुसार ग्यालेक्सी जेड फोल्ड ३ र जेड फ्लिप २ दुवै स्मार्टफोन जुलाइमा सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ।

केही समय अघि यी स्मार्टफोनहरुमा एलटीपीओ स्क्रीनका साथमा अन्डर डिस्प्ले क्यामरा रहने साथै यिनीहरुले एस-पेन स्टाइलस सपोर्ट गर्ने भन्ने विवरण उक्त नयाँ रिपोर्टले पुष्टि गर्दछ।

जेड फोल्ड ३ मा डुअल ब्याट्री भेरियन्ट पनि ४३८० एमएएच क्षमतामा आउने बुझिएको छ जुन जेड फोल्ड २ मा रहेको ४५०० एमएएचभन्दा हल्का थोरै हो।

यस बाहेक जेड फोल्ड ३ को मुख्य प्यानल जेड फोल्ड २ को ७.६ को सट्टा ७.५५ इन्चमा आउने अपेक्षा गरिएको छ।

easy care

प्रकाशित: ३० चैत्र २०७७, सोमबार

ताजा समाचार