आईमेसेज एन्ड्रोइडमा उपलब्ध नहुने, यस्तो छ कारण

Technology Khabar ३० चैत्र २०७७, सोमबार

आईमेसेज एन्ड्रोइडमा उपलब्ध नहुने, यस्तो छ कारण

हालै एप्पलका केही अधिकारीहरुले आईमेसेजलाई क्रस प्लेटफर्ममा नदिनु र आईओएसमा मात्र सीमित राख्नुको पछाडि यूजरहरुले आईमेसेजकै मायाले पनि एन्ड्रोइडको सट्टा आईओएस नै चलाउन् भन्ने मुख्य उद्देश्य भएको बताएका छन्।

एपिक गेम्ससँगको कानुनी विवादले नै एप्पलले आईमेसेजलाई आईओएस, आईप्याडओएस र म्याकओएसमै किन सीमित गर्न खोज्यो भन्ने कुराको आकलन गर्न सकिन्छ।

सन् २०१६ मा एप्पलका एक कर्मचारीले एप्पल यूनिभर्स छोड्न गाह्रो हुनुको एक मात्र कारण आईमेसेज रहेको र आईमेसेज चलाउन थालेपछि त्यसमै हराइने र छाड्न मन नलाग्ने लेखेका थिए।

त्यसको जवाफमा एप्पल एप स्टोरका इन्चार्ज फिल शिलरले आईमेसेजलाई एप्पलबाट एन्ड्रोइडमा सार्नुले कम्पनीलाई फाइदाको सट्टा समस्यामात्र आउने बताएका थिए।

हालै एप्पलको सफ्टवयर इन्जिनीयरिङका वरिष्ठ उपाध्यक्ष तथा आईओएसका इन्चार्ज क्रेग फेदेरिगीले एन्ड्रोइडमा आईमेसेज दिइयो भने यूजरहरुले आईफोन छाडेर एन्ड्रोइड प्रयोग गर्न थाल्ने बताएका छन्।

यसबाहेक क्रस प्लेटफर्ममा स्विच गर्दा अन्य समस्या हरु आउने बताइएको छ। ती समस्याहरुमा आईओएसबाट एन्ड्रोइडमा स्विच गर्दाको समय र परिश्रम,  आर्थिक खर्च, कामलाग्ने मिडिया छोड्नुपर्ने, सशुल्क एपहरु, एक डिभाइसबाट अर्कोमा ट्रान्सफर गर्न नमिल्ने इन-एप पर्चेज तथा एउटा अपरेटिङ सिस्टमले दिएको सुविधा अर्कोमा प्रयोग गर्न नमिल्नु आदि रहेका छन्।

यी माथिका सबै तथ्यसँग एप्पल राम्रै जानकार भए पनि सामाजिक सञ्जालमा आएर यसका अधिकारीहरुले यति सिधा तरिकाले किन बोलिरहेका छन् भन्ने चाहिँ अलि आश्चर्यको कुरा छ।

TK Viber

प्रकाशित: ३० चैत्र २०७७, सोमबार

Loading...