विन्डोज १० चलाउनुहुन्छ? यी टिप्स उपयोगी हुन सक्छन्

Technology Khabar ३० चैत्र २०७७, सोमबार

विन्डोज १० चलाउनुहुन्छ? यी टिप्स उपयोगी हुन सक्छन्

काठमाडौं ।

हामीले चलाउने कम्प्युटर तथा ल्यापटपमा हुने लोकप्रिय अपरेटिङ सिस्टम विन्डोज हो। विन्डोजको शुरुवात देखि हालसम्म विभिन्न भर्जन आइसकेका छन्। हरेक भर्जनमा केही न केही नयाँ तथा अघिल्लो भन्दा सुधारिएको फिचर थपिएको हुन्छ। तर यस्ता कति फिचर र टिप्स/ट्रिक्सहरु हामीलाई थाहा हुँदैन। तर यिनीहले हामीलाई कम्प्युटर चलाउन सजिलो बनाइरहेका हुन्छन्।

विन्डोज १० मा पनि केही यस्ता ट्रिकहरु छन् जुन हाम्रा लागि उपयोगी छन्।

जेस्चर्स

विन्डोज १० मा थुप्रै मल्टि टच जेस्चर दिइएको छ। यसका लागि सबैभन्दा पहिले आफ्नो कम्प्युटर वा ल्यापटपकझ सेटिङ्समा जानुहोस्। त्यसपछि डिभाइस सेलेक्ट गर्नुहोस्। यसो गरेपछि साइडमा एउटा टचप्याड देखा पर्छ। यसमा क्लिक गर्नुहोस्। दायाँपट्टि ३ र ४ ओलाको जेस्चर देखाउँछ। आफूलाई ठिक लाग्ने जेस्चरमा ट्याप गर्नुहोस्।

इमोजी

इमोजीहरु ल्यापटप वा कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ। यसका लागिस कीबोर्डको सहायता लिनुपर्छ। सबैभन्दा पहिले विन्डोज की र फुलस्टप की लाई एकै पटक थिच्नुहोस्। अब एउटा इमोजीले भरिएको स्क्रीन ओपन हुन्छ। तपाईँले माउसको सहायताले आफूलाई मनपर्ने इमोजी छान्न सक्नुहुन्छ।

कपी पेस्ट

कम्प्युटर चलाउँदा कपी पेस्ट सामान्य कुरा हो। तर विन्डोज १० मा क्लिपबोर्ड हिस्ट्री फिचर प्रयोग गरेर कपी पेस्टको सुविधा लिन सकिन्छ। यसका माध्यमबाट तपाईँले पटक पटक कपी गरेका सबै कुराहरु एकै ठाउँमा जम्मा गर्न सक्नुहुन्छ।

यसका लागि विन्डोज की र भी लाई एकै पटक थिच्नुपर्छ। त्यसपछि एउटा क्लिपबोर्ड हिस्ट्री ओपन हुन्छ। यसलाई सेट गरेपछव कपी गरिएका सबै कुरा यसमा देखिन्छ र डबल क्लिक गरेर आवश्यकता अनुसार फेरि प्रयोग गर्न सकिन्छ।

फोकस असिस्ट

विन्डोज १० मा फोकस असिस्ट नामको एउटा फिचर छ। यो डु नट डिस्टर्ब फिचर जस्तै हो। यसलाई अन गरेपछि तपाईँले नोटिफिकेशन देख्नुहुन्न। यसमा यहाँ टर्न अफ, प्रायोरिटी मोड र अलार्म मोड गरी तीनओटा अप्शन हुन्छन् । यीमध्ये आफ्नो आवश्यकता अनुसार सेट गर्न सकिन्छ।

वाइफाइ कनेक्शन

विन्डोज १० मार्फत वाइफाइ अरुलाई पनि बाँड्न सकिन्छ। विन्डोज १० मा भएको इन्टरनेटलाई अरु डिभाइसमा लाई पनि प्रयोगका लागि दिन सक्नुहुन्छ। यसका लागि नेटवर्क सेटिङ्समा गएर यो अप्शनलाई अन गर्नुपर्छ।

सुपेरियर साउन्ड आउटपुट

यो फिचरमार्फत् विन्डोज १० मा फिल्म हेर्दा वा गेम खेल्दा हेडफोन प्रयोग गरिरहनुभएको छ भने साउन्ड सेटिङमा गएर स्पाटियल सेटिङमा क्लिक गर्नुपर्छ। त्यसपछि यसलाई अन गरेपछि कम्प्युटरमा डल्बी एक्सेस भएको खण्डमा डीटीएस अडियो सेटिङको प्रयोग पनि गर्न सकिन्छ।

easy care

प्रकाशित: ३० चैत्र २०७७, सोमबार