Technology Khabar २९ चैत्र २०७७, आईतवार
काठमाडौं ।
नेपाल इन्जिनियरिग कलेज (नेक) चाँगुनारायण दुवाकोट भक्तपुरमा शोध क्षेत्रमा उल्लेखनीय क्रियाकलापहरु सम्पन्न गरिसकेका विद्यार्थीको समूह सेन्टर फर एप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्ट (कार्ड) को आयोजनामा कलेजमा नेपाल इन्जिनियरिंग डिवेट च्याम्पियनशिप (एनइडीसी) २०२१ पारलियामेन्टरी डिनेट फरम्याटमा सपन्न भएको छ ।
कार्यक्रममा कलेजका विद्यार्थीले देशको समसामयिक विषयमा आफना वक्तत्व प्रस्तुत गरे ।
विद्यार्थीले यो सदनले मेलम्ची खानेपानी परियोजनालाई असफल तुल्याउँंदछ, यो सदनले प्रतिस्पर्धात्मक परीक्षामा लैगिक आरक्षणको विरोध गर्दछ, यो सदनले निजगढ अन्तर्राष्टिय विमानास्थल वन्नुपर्दछ भन्ने नेपालका अति महत्वपूर्ण विषयहरुमा पक्षविपक्षमा आफना मत प्रस्तुत गरेका थिए ।
प्रतियोगितमा यी विषयहरुमा तार्किक क्षमता अनुसार विद्यार्थीले आफनो विश्लेषण प्रस्तुत गरे ।
उनीहरुलाई कलेज सञ्चालक समितिका अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठलगायतका व्यक्तित्व उपस्थित भइ हौसला प्रदान गरेका थिए ।
प्रतियोगिताको निर्णायक मण्डलमा प्रा सावित्री त्रिपाठी (पाण्डे), जुनियर प्रा निलम्वर वाग्ले, जुनियर प्रा सुजन आचार्य, सहायक प्रा दीपेशप्रकाश गुरागाई, ई सपोज घिमिरे रहेका थिए ।
कार्यक्रममा पूर्णबहादुर शाही, रविन्द्र महतो र सिद्धाथ यादवको टोली प्रथम भएका छन् । साथै प्रज्ज्वल पन्त, कृपा थापा र रक्षा रावतको टिम दितीय हुन सफल भए ।
२००८ सालमा स्थापित कार्डले राष्टिय तथा अन्तर्राष्टिय जगतमा इन्जिनियरिग इनोभेसनमा आफनो प्रतिभा प्रस्तुत गर्न सफल भएको कार्डका सञ्चालक अध्यक्ष सचेत जमरकटेलले बताए । पढाइका साथै समाजमा आइपर्ने चुनौतीहरुलाई सहजीकरण गर्ने उद्देश्यले कार्ड स्थापना भएको कार्डका प्रमख सल्लाहकार आशुतोषमणि त्रिपाठीले बताए ।
एनइडीसी प्रतियोगिताले इन्जिनियरिंग कार्यक्षेत्रलाई नै एक प्रशंशनीय उपदेश दिनसक्ने अतिथि तथा निर्णायक मण्डलले जनाए ।
प्रकाशित: २९ चैत्र २०७७, आईतवार