मेगा बैंक नेपालको क्यूआर कोड सेवा धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई

Technology Khabar २९ चैत्र २०७७, आईतवार

मेगा बैंक नेपालको क्यूआर कोड सेवा धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई

काठमाडौं ।

धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएको छ । क्यूआर कोड सेवा लिएसँगै विद्युतीय रिक्सा चालकहरू हर्षित भएका छन् ।

विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरू खुसी भएका हुन् ।

नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैंकको धनगढीस्थित सुदुरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्रमका बीच क्यूआर कोड हस्तान्तरण गर्दा रिक्सा चालकहरू निकै खुसी भएका थिए ।

यो व्यवस्थासँगै अब धनगढीका रिक्सामा यात्रुहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत भाडा रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन् । नगद कारोबारलाई बिस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैंकको नीति बमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको विस्तारलाई तीव्रता दिइरहेको छ ।

स्वरोजगारमुलक काम गरिरहेका न्यून आय भएका रिक्सा चालकहरूको रकम सिधै बैंक खातामा बचत हुने भएकाले रकम बोकेर हिँड्न पर्ने बाध्यता हट्ने बैंकले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: २९ चैत्र २०७७, आईतवार