२०२१ को पहिलो त्रैमासमा विश्वमै पर्सनल कम्प्युटरको बिक्री आकाशियो

Technology Khabar २९ चैत्र २०७७, आईतवार

२०२१ को पहिलो त्रैमासमा विश्वमै पर्सनल कम्प्युटरको बिक्री आकाशियो
Classic Tech

अन्तरराष्ट्रिय तथ्याङ्क नियोग आईडीसीका अनुसार यस वर्षको पहिलो त्रैमासमा विश्वभरमा पर्सनल कम्प्युटरको बिक्री उल्लेख्य मात्रामा बढेको छ।

पर्सनल कम्प्युटरसँग सम्बन्धित विभिन्न पार्टपुर्जाको आपूर्तिमा विश्वव्यापी रुपमा अभाव हुँदाहुदै पनि यिनीहरुको बिक्रीले आकाश छोएको हो।

नियोगले प्रस्तुत गरेको तथ्याङ्कमा डेस्कटप, धेरै प्रकारका नोटबुक तथा वर्कस्टेशनहरु समावेश छन्। यसमा एक्स८६ आर्किटेक्चरका ट्याब्लेट तथा सर्भरहरु भने गणना गरिएको छैन।

जनवरीदेखि मार्चसम्मको अवधिमा विश्वभरमा ८३.९८ प्रतिशत अर्थात् ५४ करोड १२ लाख थान पर्सनल कम्प्युटर बिक्री भएका थिए। यो गत वर्षको पहिलो त्रैमासको तुलनामा ५५.२ प्रतिशतले धेरै हो।

यो अवधिमा विश्वभर पर्सनल कम्प्युटर बिक्री गर्नेमध्ये शीर्ष ५ कम्पनीहरु यस्ता छन्:

१. लेनोभो

लेनोभोले पहिलो त्रैमासमा २०, ४०१ थान पर्सनल कम्प्युटर बेचेको छ जुन समग्र बजार हिस्साको २४.३ प्रतिशत हो। गत वर्ष यही अवधिमा १२, ८२६ थान बेचेर २३.७ प्रतिशत बजार हिस्सा ओगटेको थियो। गत वर्षको तुलनामा यो वर्षको सोही अवधिमा समग्रमा ५९.१ प्रतिशत वृद्धि भएको छ।

२. एचपी

एचपीले पहिलो त्रैमासमा १९, २३७ थान पर्सनल कम्प्युटर बेचेको छ जुन समग्र बजार हिस्साको २२.९ प्रतिशत हो। गत वर्ष यही अवधिमा ११, ७२२ थान बेचेर २१.७ प्रतिशत बजार हिस्सा ओगटेको थियो। गत वर्षको तुलनामा यो वर्षको सोही अवधिमा समग्रमा ६४.१ प्रतिशत वृद्धि भएको छ।

३. डेल

डेलले पहिलो त्रैमासमा १२, ९४६ थान पर्सनल कम्प्युटर बेचेको छ जुन समग्र बजार हिस्साको १५.४ प्रतिशत हो। गत वर्ष यही अवधिमा १०, ४९५ थान बेचेर १९.४ प्रतिशत बजार हिस्सा ओगटेको थियो। गत वर्षको तुलनामा यो वर्षको सोही अवधिमा समग्रमा २३.४ प्रतिशत वृद्धि भएको छ।

४. एप्पल

एप्पलले पहिलो त्रैमासमा ६६, ९२ थान पर्सनल कम्प्युटर बेचेको छ जुन समग्र बजार हिस्साको ७ प्रतिशत हो। गत वर्ष यही अवधिमा ३३, ६४ थान बेचेर ७.२ प्रतिशत बजार हिस्सा ओगटेको थियो। गत वर्षको तुलनामा यो वर्षको सोही अवधिमा समग्रमा १११.५ प्रतिशत वृद्धि भएको छ।

५. एसर

एसरले पहिलो त्रैमासमा १८, ८६८ थान पर्सनल कम्प्युटर बेचेको छ जुन समग्र बजार हिस्साको ८ प्रतिशत हो। गत वर्ष यही अवधिमा ३१, ६४ थान बेचेर ६.२ प्रतिशत बजार हिस्सा ओगटेको थियो। गत वर्षको तुलनामा यो वर्षको सोही अवधिमा समग्रमा ७३.५ प्रतिशत वृद्धि भएको छ।

TK Viber

प्रकाशित: २९ चैत्र २०७७, आईतवार

Loading...