मंगल ग्रहमा रहेको ड्रोन हेलिकप्टर इन्जेनुइटीको पहिलो उडान अप्रिल १४ मा मात्र हुने

  • Technology Khabar | २९ चैत्र २०७७, आईतवार
मंगल ग्रहमा रहेको ड्रोन हेलिकप्टर इन्जेनुइटीको पहिलो उडान अप्रिल १४ मा मात्र हुने

काठमाडौं ।

मंगल ग्रहको सतहमा खुला आकाशमुनि रहेको सानो ड्रोन हेलिकप्टर इन्जेनुइटीको पहिलो उडान आउँदो अप्रिल १४ मा मात्र हुने भएको छ ।

यसअघि अप्रिल ११ तारिखमा गर्ने योजना रहेकोमा शुक्रबार राति रोटर स्पिन परीक्षणको क्रममा कम्प्युटरमा सानो समस्या देखा परेपछि नासाका इञ्जिनियरहरूले कम्तीमा बुधवार अप्रिल १४ तारिखसम्मका लागि इन्जेनुइटी हेलिकप्टरको पहिलो उडानलाई ढिलाइ गर्ने निर्णय गरेका छन् ।

नासाकाअनुसार सानो हेलिकप्टर स्वस्थ छ, तर ईन्जिनियरहरूलाई अगाडि बढ्नुभन्दा पहिले अप्रत्याशित समस्याबाट टेलमेट्री डाटा समीक्षा गर्न केही थप समय चाहिनेछ।

ईन्जिनियरहरुकाअनुसार इन्जेनुइटी हेलिकप्टरमा वाचडग टाइमरमा केहि त्रुटी भेटिएका  थिए । सफ्टवेयरमा आधारित यसले इन्ज्यूनिटीको सम्पूर्ण उडान गतिबिधिहरुलाई अनुगमन गर्दछ र जानकारीहरु पठाउँदछ ।

प्रकाशित: २९ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s Long March-8A rocket launches internet satellites

  • Technology Khabar
  • २९ चैत्र २०७७, आईतवार