पब्जी मोबाइल गेम बनाउने कम्पनीको नयाँ जोम्बी गेम आउँदै, रिलिज भयो ट्रेलर

Technology Khabar २९ चैत्र २०७७, आईतवार

पब्जी मोबाइल गेम बनाउने कम्पनीको नयाँ जोम्बी गेम आउँदै, रिलिज भयो ट्रेलर
Global IME Bank

काठमाडौं ।

पब्जी मोबाइल विकास गर्ने गेमिङ्ग कम्पनी टेनसेन्टको सहायक कम्पनी लाइटस्पीड र क्वान्टम स्टुडियोले ‘अनडाउन’ (Undawn)नामको नयाँ मोबाइल खेल सिर्जना गरेको छ।

यो एक जोम्बी (Zombie) सर्भाइवल गेम हो, तर यो पब्जी मोबाइल भन्दा फरक छ। पब्जी मोबाइल एक ब्याटल रोयल गेम हो भने अन्डाउन गेम विनाशपछिको संसारमा आधारित रहेको छ।

खेलाडीहरूले यो को-अप्ट गेमप्ले सेटिंगमा जोम्बीहरुलाई मार्नुपर्छ।

यो गेम लाइटस्पीड र क्वान्टम स्टुडियोले विकसित गरेको हो तर यसको प्रकाशक गारेना हो, जसले पबजी मोबाइलको प्रतिस्पर्धी खेल फ्रि फायर विकास गरेको छ।

डेभलपर्सले सोशल मिडिया एकाउन्टहरू र खेलको नाममा एक वेबसाइट पनि सिर्जना गरेका छन्, खेलका टीजरहरू र ट्रेलरहरू साझेदारी गरिएका छन्।

टिजरहरू र ट्रेलरहरू हेर्दा तथा वेबसाइटले सुझाव दिएअनुसार गेम ओपन वर्ल्ड हुनेछ र यसको म्याप निकै ठूलो हुनेछ। यो एक भन्दा बढि मुख्य चरित्रसहितको हुनेछ।

अनडाउनको म्यापले देखाउँछ कि ध्वस्त शहरको साथ साथै यसमा जंगल, नदी, झरना आदि जस्ता तत्वहरू छन्। अन्डरवाटर संसार पनि ट्रेलरमा देखाईएको छ, जहाँबाट अनुमान लगाउन सकिन्छ कि मुख्य चरित्र पानीमुनि पनि जान सक्छ।

अनडाउनलाई एपिक गेम्सको अनरियल इन्जिन ४ मा आधारित रहेर बनाईएको छ । यो गेम कहिले सार्वजिनक हुनेछ भनेर निश्चित भईसकेको छैन तर सबैभन्दा पहिले एन्ड्रोइड फोनका लागि सार्वजनिक हुनेछ । एजेन्सीका साथ

Sajilo Visa

प्रकाशित: २९ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार