ज्याक मा को इन्टरनेट कम्पनी अलिबाबालाई चीनमा ३ खर्ब ३० अर्ब रुपैयाँ जरिवाना

Technology Khabar २८ चैत्र २०७७, शनिबार

ज्याक मा को इन्टरनेट कम्पनी अलिबाबालाई चीनमा ३ खर्ब ३० अर्ब रुपैयाँ जरिवाना

विश्वको सबैभन्दा ठूलो अनलाइन खुद्रा विक्रेता कम्पनी अलिबाबालाई चिनियाँ सरकारले १८ अर्ब युआन अर्थात करिब ३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको जरिवाना लगाएको छ । यो अहिलेसम्मकै रेकर्ड जरिवाना भएको बताईएको छ ।

चीनका नियामकहरूले भनेका छन् कि इन्टरनेट जायन्टले धेरै वर्षदेखि आफ्नो प्रमुख बजार स्थितिको दुरुपयोग गरिरहेको थियो।

एक विज्ञप्तिमा विश्वकै धनीमध्येका एक ज्याक मा को कम्पनीले यो निर्णय स्वीकार गरेको र ‘यसको पालना सुनिश्चित गर्ने’ भनेको छ।

गत नोभेम्बरमा चीनले ठूला इन्टरनेट कम्पनीहरुका विरुद्धमा प्रतिस्पर्धा विरोधी कानून लागू गर्ने प्रस्ताव गरेको थियो । त्यसैगरि गएको डिसेम्बरमा नियामक निकायले अलिबाबाको विरुद्ध अनुसन्धान गरिरहेको बताएको थियो ।

नियामकहरूकाअनुसार अलीबाबाले अन्य विक्रेताहरूलाई अन्य प्लेटफर्महरू प्रयोग गर्न रोक्दै प्रतिस्पर्धा प्रतिबन्धित गरेको थियो ।

चीनको स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसन एसएएमआरले शनिवार अलिबाबाले सन् २०१५ देखि नै बजारमा आफ्नो प्रभुत्वको दूरुपयोग गरेको  पहिचान भएको बताएको थियो । जसमा बिक्रेताहरुलाई एउटै प्लेटफर्ममा मात्र एक्सक्लुसिभ बिक्री गर्न बाध्य पारेको थियो जबकी बजारमा पिनडुडु र जेडी डटकम जस्ता अन्य प्लेटफर्महरु समेत थिए । तर भेण्डरहरु दबाबमा हुने गरेका थिए ।

कम्पनीको मुख्य गतिविधि खुद्रा बिक्री हो तर यसको काम डिजिटल भुक्तानी, क्रेडिट र क्लाउड कम्प्युटिङ्गसम्म फैलिएको छ।

हालको जरिवाना रकम सन् २०१९ मा अलिबाबाले गरेको आम्दानीको ४ प्रतिशत रकम बराबर छ।

विश्लेषकहरूकाअनुसार चीनको चाहना इन्टरनेट प्लेटफर्मको बिरूद्ध कदम चाल्ने छ जुन यो एकदम ठूलो भएको सोच्दछ।

गत अक्टोबरमा अलिबाबाका सह संस्थापक, ज्याक माले चीनको एक भेलामा नियामकहरूले नवीनतालाई रोक्न खोजेको आरोप लगाएपछि चरणबद्ध कारबाहीका श्रृंखलाहरुआएका थिए । यसअघि ज्याक मा कै एन्ट ग्रुपको प्राथमिक शेयर निष्कासनलाई रोकिएको थियो ।

ज्याक मा चीनमा देशको एक सफल उद्यमीको रूपमा परिचित छ। एजेन्सीहरुका साथ

TK Viber

प्रकाशित: २८ चैत्र २०७७, शनिबार

Loading...