एलन मस्कको कम्पनी न्यूरालिंकको ‘ब्रेन चिप’ बाँदरमा प्रयोग, आफ्नै दिमागले भिडियो गेम खेल्दै

Technology Khabar २८ चैत्र २०७७, शनिबार

एलन मस्कको कम्पनी न्यूरालिंकको ‘ब्रेन चिप’ बाँदरमा प्रयोग, आफ्नै दिमागले भिडियो गेम खेल्दै

काठमाडौं ।

एलन मस्कको कम्पनी न्यूरालिंकले हालै एक भिडियो जारी गरेको छ, जसमा एक बाँदरले भिडियो गेम खेलिरहेको देखिन्छ र यो भिडियो भाइरल भइरहेको छ।

न्युरालिंक कम्पनीले मानव मस्तिष्कलाई कम्प्युटरसँग सम्पर्क गर्न इम्प्लान्टेबल ब्रेन-मेशिन इन्टरफेसको विकास गर्दैछ। यस भिडियोमा, एक बाँदरले उसको मस्तिष्क प्रयोग गरेर भिडियो गेमहरू खेलिरहेको देखाइएको छ।

एलन मस्कले शुक्रबार ट्विटरमा बाँदरले पङ्ग गेम खेलेको भिडियो सहित साझेदारी गरेका थिए।

पेजर नामक नौ वर्षको मक्याक बाँदरमा भिडियो शुट हुनुभन्दा करिब ६ हप्ता अघि न्युरालिंकद्धारा विकास गरिएको चिप लगाइएको थियो। सो बाँदरलाई पहिले जोयस्टिकको साथ स्क्रिनमा खेल खेल्न सिकाइएको थियो।

भिडियोमा, बाँदरले कलर बक्स जोयस्टिकका साथमा खेल खेल्दै गरेको देखिन्छ छ। न्युरालिंकले मशिन लर्निंगको प्रयोग गरी बाँदरले कलर बक्स कहाँ लानेछ भनेर अनुमान लगाइसकेको थियो भने त्यसको हातको चाल समेत पत्ता लगाइसकेको थियो । अन्तमा, जोयस्टिकलाई केही समयपछि कम्प्युटरबाट विच्छेदन गरिएको थियो तर बाँदरले उसको मस्तिष्क प्रयोग गरेर गेम खेल्न सफल भएको थियो ।

मस्कले ट्विटरमा यूट्यूब भिडियोको एउटा लिंक साझा गर्दै लेखे, ‘बाँदरले आफ्नो दिमागले पोङ्ग खेल्दैछ, जसमा उनले सो बाँदरले ब्रेन चिप प्रयोग गरेर भिडियो गेम खेलिरहेको जानकारी दिएका थिए ।

त्यसैगरि अर्को ट्वीटमा, मस्कले न्यूरालिंकले पक्षाघातबाट पीडित व्यक्तिलाई मस्तिष्कको साथ स्मार्टफोन प्रयोग गर्न सक्षम गर्नेगरि उत्पादनहरु ल्याउने  गर्दछ र यसले औंला प्रयोग गर्ने भन्दा छिटो काम गर्ने बताएका छन्।

यसअघि उनको कम्पनी न्यूरालिंकले तयार पारेको चीप पहिलो पटक सुङ्गुरहरुमा समेत परीक्षण गरिएको थियो । एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: २८ चैत्र २०७७, शनिबार

ताजा समाचार