कम्प्युटरको आईपी एड्रेस कसरी थाहा पाउने? यी तरिका अपनाउनुस्

Technology Khabar २८ चैत्र २०७७, शनिबार

कम्प्युटरको आईपी एड्रेस कसरी थाहा पाउने? यी तरिका अपनाउनुस्
Classic Tech

प्रत्येक कम्प्युटरको एउटा आफ्नै आईपी एड्रेस हुन्छ जसलाइ कम्प्युटरको डिजिटल एड्रेस पनि भनिन्छ। आफ्नो कम्प्युटरको आईपी एड्रेस पत्ता लगाउने दुई तरिका छन्:

विन्डोज एक्सपीको लागि

१. स्टार्टमा क्लिक गरेर कन्ट्रोल प्यानल सेलेक्ट गर्नुहोस्। त्यसपछि नेटवर् एन्ड इन्टरनेट कनेक्शनमा क्लिक गर्नुहोस्।

२. हाइलाइट र लोकल एरिया कनेक्शन आइकनमा राइट क्लिक गर्नुहोस्। त्यसपछि स्टाटसमा क्लिक गरेर सपोर्टमा जानुहोस्। त्यहाँ तपाईँको आईपी एड्रेस देखिनेछ।

यदि तपाईँको कम्प्युटर वायरलेस नेटवर्कमा जोडिएको छ भने वायरलेस नेटवर्क कनेक्शन आईकनमा क्लिक गर्नुपर्छ।

विन्डोज ७ को लागि

१. स्टार्टमा क्लिक गरेर कन्ट्रोल प्यानलमा जानुहोस्। त्यसपछि नेटवर्क एन्ड इन्टरनेटमा गएर नेटवर्क एन्ड शेयरिङ सेन्टरमा जानुहोस्।

२. टास्क लिस्टमा चेन्ज एडप्टर सेटिङमा क्लिक गर्नुहोस्। हाइलाइट एन्ड लोकल एरिया कनेक्शन आइकनलाई राइट क्लिक गर्नुहोस्। त्यसपछि स्टाटसमा क्लिक गरेर डिटेलमा जानुहोस्। त्यहाँ आईपी एड्रेस देखिनेछ।

विन्डोज भिस्टाको लागि

१. स्टार्टमा क्लिक गरेर कन्ट्रोल प्यानलमा जानुहोस्। त्यसपछि इन्टरनेटमा गएर त्यसभित्रको नेटवर्क एन्ड शेयरिङ सेन्टरमा जानुहोस्।

२. टास्क लिस्टमा रहेको म्यानेज नेटवर्क कनेक्शनमा क्लिक गर्नुहोस्। त्यसलाई हाइलाइट गरेर लोकर एरिया कनेक्शनमा राइट क्लिक गर्नुहोस्। त्यसपछि स्टाटसमा क्लिक गरेर डिटेलमा जानुहोस्। यसपछि आईपी एड्रेस देखिनेछ।

विन्डोज ८ को लागि

१. कन्ट्रोल प्यानलमा जानुहोस्।

  • विन्डोज की र एफ लाई एकै पटक थिच्नुहोस्। एउटा सर्चबक्स आउँछ, त्यसमा रहेको इनपुट कन्ट्रोल प्यानल एन्ड इन्टरमा थिच्नुहोस्।
  • विन्डोज की र आर लाई एकै पटक थिच्नुहोस्। एउटा रन बक्स देखिनेछ। त्यसमा रहेको इनपुट कन्ट्रोल प्यानल एन्ड इन्टरमा थिच्नुहोस्।
  • विन्डोज की र एक्स लाई एकै पटक थिच्नु होस् कन्ट्रोल प्यानल देखा पर्छ।

२. नेटवर्क एन्ड इन्टरनेटमा क्लिक गरेर नेटवर्क एन्ड शेयरिङको बायाँपट्टि रहेको एडप्टर सेटिङ्समा क्लिक गर्नुहोस्।

३. हाइलाइट गरेर इथरनेटमा राइट क्लिक गर्नुहोस्। स्टाटसमा गएर डिटेलमा जानुहोस्। यहाँ आईपी एड्रेस देखिन्छ।

विन्डोज १० को लागि

१. कन्ट्रोल प्यानलमा जानुहोस्। विन्डोज की र एक्सलाई एकै पटक थिच्नुहोस्। त्यसपछि कन्ट्रोल प्यानलमा क्लिक गर्नुहोस्।

२. नेटवर्क एन्ड शेयरिङमा क्लिक गर्नुहोस्। नेटवर्क एन्ड शेयरिङ सेन्टरमा जानुहोस्। यसपछि बायाँतर्फ रहेको एडप्टर सेटिङ्समा क्लिक गर्नुहोस्।
३. यहाँ इथरनेटमा राइट क्लिक गर्नुहोस्। स्टाटसमा गएर डिटेलमा जानुहोस्। यहाँ आईपी एड्रेस देखिन्छ।

अर्को तरिका

१. टास्क ट्रेमा नेटवर्क आइकनमा क्लिक गर्नुहोस्। यो आइकन हेर्दा वाइ फाइ सिग्नल या कम्प्युटरजस्तै देखिन्छ। अब नेटवर्क सेटिङ्समा जानुहोस्। विन्डोज सिम्बलमा क्लिक गरेर तलपट्टि बायाँ कुनामा रहेको सेटिङ्स बटनमा क्लिक गर्नुहोस्। यसपछि सेटिङ्स पेज खुल्छ। अब नेटवर्क एन्ड इन्टरनेटमा जानुहोस्।

२. इथरनेटमा क्लिक गर्नुहोस्। एडप्टर अप्शनलाई परिवर्तन गरेर स्टाटसमा क्लिक गर्नुहोस्। फेरि एडप्टर अप्शनलाई परिवर्तन गर्नुहोस्।

म्याक ओएसका लागि

१. एप्पल आइकनमा क्लिक गरेर एप्पल ड्रप डाउन लिस्टमा सिस्टम छान्नुहोस्।

२. नेटवर्क आइकनमा क्लिक गर्नुहोस्

३. बायाँतर्फ इथरनेट वायर्ड नेटवर्कका लागि वा वाइफाइ वायरलेस नेटवर्कका लागि छान्नुहोस्। यसपछि डाइरेक्ट नेटवर्क कनेक्शनमा सानो अक्षरमा रहेको आईपी एड्रेस देखिन्छ।

क्रोम सिस्टमको लागि

१. स्क्रीनको तल दायाँपट्टि कुनामा ‘टाइम’ मा क्लिक गर्नुहोस्। यदि क्रोम ओएस शेल्फ देखिएन भने स्क्रीनको तल दायाँपट्टि कुनामा क्लिक गर्नुहोस्।

२. पप अप विन्डोमा वाइफाइ नेटवर्क सेलेक्ट गर्नुहोस्।

३. नेटवर्क आइकन सेलेक्ट गर्नुहोस्।

४. यति गरेपछि तपाईँको क्रोमबुकको आईपी एड्रेस र म्याक एउटा पप अप विन्डोमा देखिनेछ। म्याक एड्रेसलाई वाइफाइका रुपमा राखिएको हुन्छ।

५. वाइ फाइ नाममा दुई पटक चेक गरेपछि सेटिङ्स पेजमा पप अप हुन्छ। त्यसपछि नेटवर्कमा क्लिक गर्नुहोस्। यति गरिसकेपछि आईपी एड्रेस, सबनेट मास्क र डिफल्ट गेटवे देखा पर्छ।

TK Viber

प्रकाशित: २८ चैत्र २०७७, शनिबार

Loading...