कार्यसम्पादनको प्रगति मूल्यांकन गरी नेतृत्वको कार्यक्षमता अध्ययन गर्न सञ्चारमन्त्रीको निर्देशन

Technology Khabar २७ चैत्र २०७७, शुक्रबार

कार्यसम्पादनको प्रगति मूल्यांकन गरी नेतृत्वको कार्यक्षमता अध्ययन गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जिम्मेवार पदाधिकारीले इमान्दारिता र जवाफदेहिता बहन गरी नतिजामूलक कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

उनले आज मन्त्रालयमा आयोजित आ.व. २०७७/७८ को दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठकमा कार्यक्रममा हालसम्म कार्यान्वयनमा आउन नसकेका कार्यक्रमहरुको समिक्षा गर्दै जिम्मेवार पदाधिकारीले इमान्दारिता र जवाफदेहिता बहन गरी नतिजामूलक कार्यसम्पादन गर्न समेत निर्देशन दिएका हुन् ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय र मन्त्रालय सम्वद्ध १८ वटा निकायहरुको दोस्रो चौमासिक प्रगति समीक्षा वैठकमा प्रगति समीक्षाको क्रममा मन्त्रालयको प्रगति सन्तोषजनक बनाउन कार्यान्वयन तालिका बनाई परम्परागत कार्य प्रणालीको अन्त्य गर्दै परिवर्तनशिल बन्न सबैको ध्यानाकर्षण गराए।

समिक्षा कार्यक्रममा मन्त्रालय सम्बद्ध पदाधिकारी बिच गरिएको कार्यसम्पादन सम्झौताको समेत प्रगति मूल्यांकन गरी नेतृत्वको कार्यक्षमता अध्ययन गर्न निर्देशन दिएका थिए ।

मन्त्रालय सम्बन्धित नीति/कार्यक्रम एवं बजेट वक्तव्यमा उल्लेखित बिषयहरुमा समेत बजेट प्रस्ताव नहुँदा कार्यक्रमको न्यून प्रतिफल प्राप्त हुने भएकोले बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयसँग अनुरोध गर्दै मन्त्रालय सम्बद्ध निकायहरुलाई  “समृद्ध नेपाल, सुखि नेपाली” विषय सम्बोधन गर्ने कार्यक्रमहरु आगामी बर्षका लागि प्रस्ताव गर्न अनुरोध गरे।

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, दुरसञ्चार क्षेत्रको सम्रग सुधार तथा पूर्वाधार निर्माण र डाटा सेन्टरको क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरु प्रभावकारी रुपमा सम्पन्न गर्न अनुरोध गरेका थिए।

easy care

प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार