नयाँ वर्षमा भिभोको रेनि क्याम्पियन अफर

Technology Khabar २६ चैत्र २०७७, बिहीबार

नयाँ वर्षमा भिभोको रेनि क्याम्पियन अफर

काठमाडौं ।

भिभोले नेपाली नयाँ वर्षलाई लक्षित गरी देशव्यापीरुपमा रहेका खुद्रा आउटलेटहरुबाट अत्याधिक छुटका साथमा उत्साहजनक उपहार अफर ल्याएको छ । यो अफर अप्रिल ७ देखि २५ अप्रिल २०२१ सम्म रहनेछ ।
भिभोको भि सिरिज ह्यान्डसेट जस्तै भी२० (८ जीबी + १२८ जीबी) भी२० एसई ( ८ जीबी + १२८ जिवि) तथा वाई सिरिज स्मार्टफोनको वाई५१( ८ जीबी + १२८ जीबी) वाई१२ ( ३ जीबी + ३२ जीबी) वाई९१ सी ( २ जीबी + ३२ जीबी) यस क्याम्पियन अन्तर्गत उत्साहजनक तथा भव्य छुटको लागि अफर गरिने भएकोछ ।

भिभो भि२०को पर्चेच प्राईस ड्रप रु ३००० मा उपलब्ध हुनेछ ।

पहिलो १०० उपभोक्ता जसले भिभो भि२० खरिद गर्नेछ उसले उत्साहजनक गेमिङ हेडफोन जित्ने मौका पाउनेछ।
पहिलो १५० उपभोक्ता जसले भिभो भि२० एसई खरिद गर्नेछ उसले ब्लुटूथ स्पिकर घरमा भित्राउन पाउनेछन् ।
भिभो वाई२० ( ३ जीबी + ३२ जीबी) को सबै खरिदकर्ताहरुलाई पर्चेज प्राईस ड्रप रु १००० मा उपलब्ध हुनेछ ।

सबै ग्राहकहरुले भिभो वाई९१सी का खरिदका लागि पर्चेज प्राइस ड्रप रु २००० मा लिन सक्नेछन् ।
छ। ग्राहकहरुले भिभो वाई१२एस रु १००० छुटका साथमा खरिद गर्न सक्नेछन् ।

पहिलो १७०० ग्राहकहरु जसले भिभो वाई२० ( ४ जीबी+६४ जीबी), वाई२०एस, वाई५१ स्मार्टफोन खरिद गर्नेछन् तिनीहरुले यस सिजनको आईपीएल जर्सी जित्ने मौका पाउने छन् ।

प्रथम क्रेता र यस्तै भाग्यशाली विजेताहरु बन्नका लागि प्रयोगकर्ताहरुले एकपटक उपकरण सक्रिय गरेर भिभोको सफ्टवयरमा स्कान गरेपछि छनौट हुनेछ ।

आईपीएल जर्सी, गेमिङ्ग हेडफोनहरु तथा ब्लुटूथ स्पिकरहरुमा २५% टिडिएस लाग्नेछ यद्यपी यो टिडिएस रकम भिभोले भुक्तान दिनेछ ।

वाई १२एस को छुट अफर र बम्पर प्राईज यो नयाँ वर्षको लागि मात्र मान्य रहनेछ भने यो योजना अप्रिल ७ देखि २५ अप्रिल २०२१ सम्म मात्र लागू रहनेछ ।

अर्कातर्फ प्राईस ड्रप क्याम्पियन भने नयाँ वर्षको क्याम्पियन सकियपछि पनि लागू रहिरहनेछ र उपभोक्ताले भिभोको अत्याधुनिक प्रविधिको अनुभव सहुलियत मूल्यमा लिने अवसर प्राप्त गर्नेछ ।

यो नयाँ वर्षको अभियानको साथ भिभोले स्मार्टफोन सपिङ्गका लागि पहिलेको भन्दा अझै सहज बनाउने र साथमा उच्च प्रविधीको स्मार्टफोन भि सिरिज र वाई सिरिज सहुलियत मूल्यमा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउने लक्ष्य लिएकोछ । छ ।

सेल्फी र फोटोग्राफी इच्छुकहरुका लागि सिल्क डिजाईनमा अगाडी पछाडी क्यामरायुक्त अतुलनीय प्रविधि र पुरै आविष्कारलाई परिस्कृत गरी भी सिरिजको निर्माण गरिएकोछ ।

अर्कातर्फ युवा वर्गामा लक्षित वाई सिरिज, यसमा रहेको अत्याधिक तथा लामो समय सम्म टिक्ने ब्याट्री तथा एआइ क्यामरा सेटअपका कारण युवा उपभोक्ताहरुको मन जित्न सफल भएको छ।

Sajilo Visa

प्रकाशित: २६ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार