ट्विटरले ४ अर्ब डलरमा क्लबहाउस किन्ने संकेत

Technology Khabar २६ चैत्र २०७७, बिहीबार

ट्विटरले ४ अर्ब डलरमा क्लबहाउस किन्ने संकेत

काठमाडौं ।

माइक्रोब्लगिङ साइट ट्विटरले अडियो नेटवर्किङ प्लेटफर्म क्लबहाउसलाई ४ अर्ब डलरमा अधीनमा लिने भएको छ। ब्लुमबर्गमा हालै आएको एक रिपोर्टअनुसार यी दुई कम्पनीबीच महिनोंदेखि यस विषयमा छलफल हुँदै आएको बुझिएको छ।

केही दिन अघिमात्रै ब्लूमबर्गले क्लबहाउसले ४ अर्ब डलर हाराहारीको नयाँ कोष खडा गर्न चाहेको रिपोर्ट छापेको थियो। ट्विटरको क्लबहाउसजस्तै प्रकृतिको अडियोमा आधारित स्पेशेज नामको एप छ। यो केही महिनायता लोकप्रिय पनि बन्दै गइरहेको छ।

क्लबहाउसले हालै सर्जकहरुले उक्त एपमा राखेको सामग्रीबापत् रकम पाउनसक्ने क्लबहाउस पेमेन्ट् पनि शुरु गरेको छ।

तर यसबाट क्लबहाउसले भने केही पाउँदैन्। रकम दिन चाहने र लिने वा पाउनेबीच स्ट्राइप नामक पेमेन्ट प्रोभाइडर रहन्छ र उसले सर्वा शुल्कबापत् काट्ने केही रकमबहेक सबै रकम प्राप्त गर्ने व्यक्तिको खातामा जान्छ।

यस सम्झाैताका बारेमा क्लबहाउस वा ट्विटरले आधिकारिक रुपमा केही धारणा व्यक्त नगरे पनि कुनै सामाजिक सञ्जालले आफ्नो त्यस्तै प्रकृतिको एपले राम्रो प्रगति गरिरहेको बेला एउटा अडियोमा आधारित एपका लागि ४ अर्ब डलर खर्च गर्न तम्सनु अलिक असुहाउँदो निर्णय भएको प्रविधि वृत्तमा चर्चा चलिरहेको छ।

easy care

प्रकाशित: २६ चैत्र २०७७, बिहीबार