‘फाइन्ड माइ नेटवर्क’ सार्वजनिक गर्दै एप्पल

Technology Khabar २६ चैत्र २०७७, बिहीबार

‘फाइन्ड माइ नेटवर्क’ सार्वजनिक गर्दै एप्पल
Classic Tech

एप्पलले तेस्रो पक्षका ब्लुटूथ डिभाइसलाई आईफोन, आईप्याड तथा म्याकमार्फत् ट्र्याक गर्ने इजाजत दिन ‘फाइन्ड माइ नेटवर्क’ सार्वजनिक गर्ने घोषणा गरेको छ। यी डिभाइसमार्फत् ट्र्याक गर्दा यिनीहरुमा पहिलेदेखि नै राखिएका ‘फाइन्ड माइ’ भन्ने एपको प्रयोग हुनेछ।

कम्पनीले फाइन्ड माइ एपलाई अपडेट गरेर यसमा एउटा डेडिकेटेड ‘आइटम्स’ ट्याब राखेको छ जसबाट प्रयोगकर्ताले सजिलै तेस्रो पक्षका डिभाइसहरु ट्र्याक गर्न सक्छन्।

एप्पलले शुरुमा बेल्किन, चिपोलो तथा भ्यानमूफसँग उनीहरुका नयाँ डिभाइसमा फाइन्ड माइ नेटवर्कको योग्यताका लागि सहकार्य गरेको छ। यो कार्यक्रम अर्को हप्ताबाट शुरु हुने बुझिएको छ।

एप्पलको फाइन्ड माइ नेटवर्कसँग समन्वय हुने तेस्रो पक्षका शुरुवाती डिभाइसहरुमा बेल्किनको साउन्डफर्म फ्रीडम ट्रू वायरलेस इयरबड, चिपोलो वन स्पट आईटम फाइन्डर तथा म्यानमूफ एस३ र एक्स३ विद्युतीय मोटरसाइकल रहेका छन्।

ग्राहकहरुले फाइन्ड माइ नेटवर्क एसेसरी प्रोग्रामबाट अनुमोदित डिभाइसहरुलाई फाइन्ड माइ एपको ‘आइटम्स’ ट्याबमा एड गर्न सक्नेछन्।

फाइन्डमाइ एपले आईफोन, आईप्याड तथा म्याक यूजरलाई आफ्ना हराएका वा चोरी भएका तेस्रो पक्षका डिभाइसहरुलाई म्यापमा पत्ता लगाउन,उक्त स्थान यकिन गर्नका लागि धुन बजाउन तथा यस्ता डिभाइसलाई परैबाट लक गर्नका लागि ‘लस्ट मोड’ मा राख्न सहयोग गर्नेछ।

यस एपमार्फत् यदि कुनै डिभाइस गलत व्यक्तिको हातमा पर्यो भने त्यसमा वास्तविक धनीको सम्पर्क नम्बरसहितको मेसेज देखाउँछ साथै परबाटै हराएको डिभाइसको डाटा मेटाउन पनि सकिन्छ।

TK Viber

प्रकाशित: २६ चैत्र २०७७, बिहीबार

Loading...