जागिर खोजिरहेकाहरुका लागि विशेष फिचर ल्याउँदै लिंक्डइन

Technology Khabar २६ चैत्र २०७७, बिहीबार

जागिर खोजिरहेकाहरुका लागि विशेष फिचर ल्याउँदै लिंक्डइन
Classic Tech

अनलाइन व्यावसायिक नेटवर्क लिंक्डइनले आफ्नो प्लेटफर्ममा काम खोज्ने मानिसहरूलाई केही यस्तो सुविधाहरू ल्याइरहेको छ, जसको सहयोगमा उनीहरूलाई रोजगार पाउने सम्भावना बढी हुनेछ।

लिंक्डइनले धेरै भन्दा धेरै जागिर खोज्ने व्यक्तिहरु आफ्नो साइटमा उपस्थिति रहुन भन्ने चाहन्छ। यसै कारणले, कम्पनीले त्यस्ता फिचरहरू थप्दै छ, जसले रोजगार खोजी गर्नेलाई फाइदा पुर्‍याउँछ।

नयाँ सुविधा लिंक्डइनले यसको साइटमा थप्दैछ, जसमा रोजगार खोजिरहेको व्यक्तिले अब उनीहरूको प्रोफाइलमा उनीहरूको कभर स्टोरी अपलोड गर्न सक्षम हुनेछ। यदि तपाईं व्हाट्सएप जस्तो कभर स्टोरीको खोजी गर्दै हुनुहुन्छ भने, त्यो यहाँ व्यावसायिक हुनेछ र यो आफ्नै तरिकामा फरक हुनेछ।

राम्रो कभर स्टारीले रोजगारी खोजिरहेकाहरुलाई जागिर दिनेको आँखामा पर्न मद्दत पुर्‍याउने कम्पनीको विश्वास छ। जसमा रोजगारदाताले छोटो भिडियोमा तपाइँको सिप र कामको अनुभवको बारेमा जान्न सक्नेछन् वा ओभरभ्यू गर्न सक्नेछन्।

लिंक्डइनका अनुसार तपाईँले आफ्नो कभर स्टोरी अपलोड गर्नुहुनेछ र तपाईँको प्रोफाइलमा जो कसैले क्लिक गर्दा यो देखिने छ।

लिंक्डइनले यसको एउटा पोष्टमा पुष्टि गरेको थियो, जसअनुसार करीव ८० प्रतिशत हायरिङ्ग म्यानेजरहरु विश्वास गर्छन् कि यस्तो पूर्व रेकर्ड गरिएका भिडियोहरू रोजगारी खोज्नेहरूका लागि लाभदायक हुन सक्छन्।

यो अहिले सम्म लिंक्डइनले गरेको सबैभन्दा ठूलो परिवर्तन भएको बताईएको छ। जब तपाईं क्रिएटर मोड खोल्नुहुन्छ, लिंक्डइनले यसलाई फिचर्ड एण्ड एक्टिभिटी सेक्शनमा जान दिन्छ जहाँ तपाईंको प्रोफाईलको शीर्षमा देखिनेछ। एजेन्सीका साथ

TK Viber

प्रकाशित: २६ चैत्र २०७७, बिहीबार

Loading...