Technology Khabar २६ चैत्र २०७७, बिहीबार
गुगल ट्रान्सलेट एप प्लेस्टोरमा १ अर्ब पटक डाउनलोड भएको छ। यो एप भाषा अनुवादका लागि प्रसिद्ध छ। गएको हप्ता यसको डाउनलोड १ अर्ब पुगेको थियो भने त्यसयता अझै थपिएको छ।
गुगल एपक गुगलकै इकोसिस्टममा सबैतिर भेट्न सकिन्छ। लेन्स, क्रोम, असिस्टेन्ट तथा तेस्रो पक्षको एप ट्विटरमा समेत उपलब्ध छ।
गुगल ट्रान्सलेट गुगलको इकोसिस्टममा जताततै उपलब्ध भए पनि यसको छुट्टै एन्ड्रोइड एप पनि प्लेस्टोरमा उपलब्ध छ। यसमार्फत् आफैंले लेखेका तथा कतैबाट कपी गरिएका शब्द, वाक्य वा अनुच्छेद नै अन्य विभिन्न भाषामा अनुवाद गर्न सकिन्छ।
यति मात्र नभइ यसमार्फत् क्यामराले भिडियो खिच्दै गर्दा तत्कालै उक्त व्यक्तिले बोलेका भाषालाइसमेत आफ्नो भाषामा अनुवाद गर्न सकिन्छ भने यसबाहेक ट्याप टू ट्रान्सलेट भन्ने अप्शनले अझ सजिलो बनाएको छ।
एन्ड्रोइडपुलिस नामक वेबसाइटका अनुसार गुगल ट्रान्सलेटले आफ्नो ५० लाख डाउनलोड पार गरेको कर्ही समयमा अब प्लेस्टोर १ अर्ब डाउनलोडको कोशेढुंगो पार गर्न सफल भएको हो। तुलनात्मक रुपमा हेर्दा माइक्रोसफ्ट ट्रान्सलेटरको डाउनलोड प्लेस्टोरमबाट ५ करोड पटक मात्र भएको छ।
प्रकाशित: २६ चैत्र २०७७, बिहीबार