नोकिया र लेनोभोबीचको वर्षाैंदेखिको पेटेन्ट मुद्दा टुङ्गियो

Technology Khabar २६ चैत्र २०७७, बिहीबार

नोकिया र लेनोभोबीचको वर्षाैंदेखिको पेटेन्ट मुद्दा टुङ्गियो

काठमाडौं ।

नोकियाले चीनको लेनोभोसँगको वर्षैंदेखिको पेटेन्ट मुद्दा सुल्झाएको छ। कम्पनीले बुधबार लेनोभोसँग सबै विषयका मुद्दाहरुको छिनोफानो भएको बताएको हो।

नोकियाका अनुसार यी दुई बीचको अन्तर इजाजत सम्झैताका बारेमा गोप्य राखिएता पनि लेनोभोले नोकियालाई ठूलो रकम भुक्तानी गर्नेछ।

नोकियाका एक प्रवक्तासँग आर्थिक लेनदेनबारे सोध्दा उनले बताउन नचाहेको समाचारमा उल्लेख छ।

नोकियाले सन् २०१९ मा आफ्ना २० ओटा भिडियो कम्प्रेस गर्ने प्रविधि चोरेको आरोप लगाउँदै लेनोभोविरुद्ध जर्मनीमा ६ ओटा तथा अमेरिका, ब्राजिल तथा भारतमा पनि मुद्दा दायर गरेको थियो। उता लेनोभोले पनि नोकियाविरुद्ध क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर गरेको थियो।

जर्मनीको म्युनिखमा रहेको एउटा अदालतले गएको सेप्टेम्बरमा लेनोभोले नोकियाको एउटा पेटेन्ट उल्लंघन गरेको फैसला सुनाउँदै खुद्रा व्यापारीहरुसँग रहेका आफ्ना उत्पादनहरु फिर्ता माग्न अह्राएको थियो। तर उक्त फैसलालाई नोभेम्बरमा जर्मनीकै पुनरावेदन अदालतले स्टे अर्डर दिएको थियो।

easy care

प्रकाशित: २६ चैत्र २०७७, बिहीबार