याहू एन्सर सधैंका लागि बन्द हुँदै, यस्तो छ कारण

Technology Khabar २५ चैत्र २०७७, बुधबार

याहू एन्सर सधैंका लागि बन्द हुँदै, यस्तो छ कारण

काठमाडौं ।

वेब क्वेश्चन एन्ड एन्सर प्लेटफर्म याहू एन्सर अब सधैंका लागि बन्द हुने भएको छ।

कम्पनीले यसलाई सन् २००५ देखि सञ्चालनमा ल्याएको थियो। केही समय यता भेरिजोन अन्तर्गत रहेको याहूले आफ्नो एन्सर पेजमा परिवर्तन आउने बताएको हो। द भर्जमा आएको एक रिपोर्टका अनुसार  प्रश्न सोधिने पेजलाई लिंक गर्ने याहू एन्सरको टाइमलाइन डिटेल बन्द हुने भएको हो।

आगामी अप्रिल २० पछि आउने कुनै पनि प्रश्न यो प्लेटफर्मले एक्सेप्ट गर्ने छैन।

याहूले आफ्ना याहू एन्सरका सदस्यहरुलाई एउटा जानकारी दिँदै उक्त सेवा बन्द गर्नुपर्ने कारण खुलाएको छ। कम्पनीले उक्त नोटमा आफूहरुले उक्त सेवा १६ वर्षअघि विश्वभरका मानिसहरुलाई जोड्ने तथा जानकारीहरु आदानप्रदान गर्ने उद्देश्यले शुरु गरेको लेखेको छ।

‘तपाईँ र अन्य लाखाैं यूजरका लागि हामीले विभिन्न विषयमा रहेका प्रश्न सोध्ने तथा जवाफ दिने कामका लागि वेबमा सबैभन्दा राम्रो प्लेटफर्म र विश्वभरका मानिसहरुबीच जानकारी आदान प्रदान गर्ने समुदाय बनायाैं। यसैबीच हामीले धेरै कुरा एकै पल्ट पूरा गर्न नसक्ने भएकाले आगामी मे ४ देखि यो सेवा बन्द गर्न घोषणा गरेका छाैं’, नोटमा लेखिएको छ।

अप्रिल २० देखि नयाँ प्रश्न र उत्तर पोस्ट हुने छैन

यूजरहरुलाई पठाइएको नोटमा आगामी जुन महिनाअगाडि यूजरहरुले आफ्ना डाटा संकलग गर्न सक्ने र त्यसपछि यो सुविधा नपाइने पनि उल्लेख गरिएको छ। रिपोर्टमा अप्रिल २० तारिखदेखि कसैले पनि नयाँ प्रश्न वा उत्तर पोस्ट गर्न नपाउने जनाइएको छ।

यूजरले प्रश्न तथा उत्तरको कपी डाउनलोड गर्न सक्ने

याहूले यूजरहरुलाई आफ्ना प्रश्न ताथ उत्तरहरुको एक कपी डाउनलोड गर्न चाहेमा ड्याशबोर्डमा लग इन गरेर कपी गर्न सक्ने बताएको छ। यसपछि याहू एन्सर पेजमा भएका डाटा हटाइने तर एन्सर पेज बन्द हुनुले याहू एकाउन्ट वा याहूका अन्य सेवाहरुमा केही फरक नपर्ने कम्पनीको भनाइ छ।

Sajilo Visa

प्रकाशित: २५ चैत्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार